‘हुकुम र सेटिङ’को शासन चल्न दिइन्न : नेता थापा « Khabarhub

‘हुकुम र सेटिङ’को शासन चल्न दिइन्न : नेता थापा


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले मुलुकमा हुकुम र सेटिङको शासन चल्न नदिने बताएका छन्।

सामाजिक संजाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै थापाले ‘हुकुम र सेटिङ’को शासन चल्न नदिने बताएका हुन्।

देउवाले नुवाकोटमा आयोजित कार्यक्रममा पार्टी नेताहरुप्रति आक्रोश व्यक्त गर्दै ओलीका कदमलाई सहयोग पुग्ने गरी अभिव्यक्ति दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन्।

‘मेरो हुकुम नै शासन हो भनेर प्रधानमन्त्री २००७ सालअघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ संकल्पित, साहसी र जुझारु भएर भन्नुपर्छ,’ उनले भनेका छन्, ‘यहाँ हुकुमको शासन पनि चल्न दिइन्न, सेटिङको शासन पनि चल्न दिइन्न।’

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : १६ बजे

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,