शुक्र ग्रहको राशी परिवर्तन हुँदा कसलाई कस्तो प्रभाव ? « Khabarhub

शुक्र ग्रहको राशी परिवर्तन हुँदा कसलाई कस्तो प्रभाव ?


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भौतिक सुख सम्पन्नता, प्रेम रोमान्स र विवाहका कारक ग्रह शुक्र गत साता फागुन २ गतेबाट अस्त भएको थियो । तर सोहि ग्रह अब भने राशी परिवर्तन गरी फागुन ९ गते आइतवारबाट मकर राशीबाट निस्किएर कुम्भ राशीमा प्रवेश गर्दैछ ।

यो राशी परिवर्तन चैत ४ गतेसम्म रहनेछ । शुक्रको राशी परिवर्तनका कारण कुन राशीमा कस्तो प्रभाव पर्दछ त ?

मेष राशी
यस राशीका जातकलाई शुक्रको राशी परिवर्तनका कारण व्यापारमा लाभ, दाम्पत्य जीवन सुखद् हुनुका साथै रोकिएको धन फिर्ता हुने शुभ समय रहेको छ ।

वृष राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकलाई समय अनुकूल रहे पनि सुखद् परिणाम प्राप्त हुने छ । जागिरमा लाभ हुनुका साथै पद प्रतिष्ठामा स्तर उन्नती हुने समय छ ।

मिथुन राशी
यस राशीका जातकलाई शुक्रको राशी परिवर्तनका कारण भाग्यमा उदय हुनेछ । जागिरको खोजीमा रहेकाहरुले जागिर भेट्ने, आर्थिक स्थिति राम्रो हुने तथा सन्तान सुख प्राप्त हुनेछ ।

कर्कट राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकलाई उतारचढावको सामना गर्नुपर्ने हुन्छ । साथै कार्यक्षेत्रमा विवाद हुने, गुप्त शत्रु बढ्ने तथा स्वास्थ्यमा समेत समस्या पर्न सक्छ ।

सिंह राशी
यस राशीका जातकलाई यो परिवर्तनका कारण सरकारी कार्य पूरा हुने, वैवाहिक जीवन सुखद् हुने र पूजापाठमा रुचि बढ्नेछ । तथापी वाणी र भावनामा नियन्त्रीत हुनु पर्नेछ ।

कन्या राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकको स्वास्थ्यमा समस्या, विवाहको स्थिति टर्ने, जीवनसाथीसँग मनमुटाव हुने साथै विद्यार्थीकालागी अनुकूल समय रहेको छैन ।

तुला राशी
यस राशीका जातकलाई यस परिवर्तनका कारण प्रतियोगिहरुको परीक्षामा शुभफल प्राप्त हुने, सरकारी जागिरको योग बन्ने, आर्थिकस्थिती सुधारीने र सन्तान सुख पाउन समय छ ।

वृश्चिक राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकले व्यापारमा उन्नती, घर निर्माण तथा वाहन खरिदको योग, सामाजिक प्रतिष्ठामा वृद्धि हुने समय छ । तर बोल्दा विचार पुर्याउनु होला ।

धनु राशी
यस राशीका जातकलाई यस परिवर्तनका कारण स्वास्थ्यमा असर, दाजुभाइ दिदिबहिनीसंग मतभेद हुने सम्भावना छ । तर जागिर र व्यापारमा भने लाभ हुनेछ ।

मकर राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकलाई अत्यन्त शुभ समय छ । अचानक आयमा वृद्धि, सम्मान वृद्धि, जागिरको अवसर तथा पारिवारिक जिम्मेदारी प्रेमपुर्वक हुने समय छ ।

कुम्भ राशी
यस राशीका जातकलाई यस परिवर्तनले समय लाभकारी बनाउने छ । भौतिक सुखमा वृद्धि, घर तथा वाहनको खरीद, स्वास्थ्यमा लाभ हुनेछ । तर खर्चमा विशेष नियन्त्रीत रहनुहोला ।

मीन राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकले केहि समस्या भोग्नुपर्ने, खर्च बढ्ने, स्वास्थ्यमा समस्या तथा दाम्पत्य जीवनमा समेत टकराव आउने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ११ : ५५ बजे

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

वैशाखको पहिलो साता विपद्का १४६ घटना, ७ जनाको मृत्यु

काठमाडौं-२०८३ वैशाख महिनाको पहिलो साता (१ देखि ६ गतेसम्म) देशभर