कैद तथा जरिवाना सजाय पाएर भागेका ५०५ अपराधी पक्राउ | Khabarhub Khabarhub

कैद तथा जरिवाना सजाय पाएर भागेका ५०५ अपराधी पक्राउ


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

जबरजस्ती करणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका–५ बस्ने २० वर्षीय मो. सहादतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फरार प्रतिवादीमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगी, जबरजस्ती करणी, लेनदेनलगायत मुद्दाका फरार प्रतिवादी पनि रहेको तथ्याङ्कमा उल्लेख छ ।

पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष छ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको बक्यौता रु १२ लाख ७७ हजार ७२६ असुली गरिएको जिल्ला प्रहरी कार्यालय प्रनाउ साहको भनाइ छ ।

पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको उनले बताए ।

त्यस्तै यस अवधिमा भन्सार छली गरी भित्र्याइएका ८८ मोटरसाइकल, आठ अटोरिक्सा, पाँच ट्र्याक्टर, तीन पिकअप तथा दुई टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

सवारीसाधनको रु दुई करोड ३४ लाख १७ हजार ५७२ अनुमानित मूल्याङ्कन गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस अवधिमा जिल्लामा विभिन्न अपराधका ४३७ मुद्दा दर्ता भएका छन् । यो आँकडा गत आवको तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी सप्तरी प्रहरीले भारतबाट मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ६४१ थान विभिन्न तयारी कपडा नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनाको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित बलान खोला पुलमा जाँच गर्ने क्रममा तयारी कपडा नियन्त्रणमा लिएको हो ।

प्रहरीले तस्करीका कपडा र तस्करीमा प्रयोग भएका तीन वटा मोटरसाइकसहित दुई तस्करलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ९ : २८ बजे

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

चितवन – आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म

सामान्य बन्दै कैलाली कारागारको अवस्था

सुदूरपश्चिम – कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः

चिनियाँ कम्युनिष्ट पार्टीसँग गहिरो सम्बन्ध रहेको पाइएपछि हार्वर्ड विश्वविद्यालयको आलोचना बढ्दो

काठमाडौं- अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)

प्रधानमन्त्री भन्छन् : मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा

ससुरासँग तीन हजार लिएर हिँडेकी श्यामकला देवघाटसम्म खोज्दा पनि भेटिइनन् 

काठमाडौं– साउन ११ गते ससुराबुवासँग अस्पताल ‘फलोअप’ मा जान्छु भनेर