मुख्यमन्त्रीले राहत कोषको रकम दुरुपयोग गरेको सिके राउतको आरोप | Khabarhub Khabarhub

मुख्यमन्त्रीले राहत कोषको रकम दुरुपयोग गरेको सिके राउतको आरोप


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई नम्बर प्रदेशका बारा र पर्सामा अघिल्लो महिना आइको हावाहुरी प्रभावितलाई प्रदान गर्नुपर्ने रकम दुरुपयोग भएको आरोप लागेको छ ।

पीडितलाई दिनुपर्ने राहत कोषको चरम दुरुपयोग भन्दै जनमत पार्टी गठन गरेका सिके राउतले आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा राहतको कोषको दुरुपयोग भएको भन्दै राउतले राहत कोषको जथाभावी रुपमा वितरण गरेको आरोप उनले लगाएका हुन् ।

राउतका अनुसार राहतकोषको रकम रामभरोस कापडीलाई मैथिली नाटक महोत्सव गर्नका लागि ५ लाख, कुशिन बुदो काई कराँते संघलाई ५ लाख, शिन क्योकुसन कराँते संघलाई ४ लाख, युनाइटेड क्रिकेट क्लब वीरगञ्जलाई ४ लाख, धनुषाको लक्ष्मीनियाँ यज्ञका लागि ५ लाख र ज्येष्ठ नागरिक सम्मेलनका लागि भन्दै ३ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् ।

त्यस्तै मैथिली विकास कोष जीवनाथ चौधरीलाई १० लाख, ३ सर्लाहीको कडेना धार्मिक कार्यक्रमका लागि १ लाख, हिन्दी सम्मेलनका लागि राजेश्वर नेपालीलाई ५ लाख, ३ जनकपुरधाममै जेसिसको राष्ट्रिय सम्मेलनमा ५ लाख, जनकपुरधाममा शहीद कप क्रिकेट प्रतियोगिताका लागि ७ लाख, ६ जना राज्यमन्त्रीको आवास व्यवस्थापनका लागि ४–४ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् । राउतले रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सवका लागि समेत १ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री राउतले मुख्यमन्त्री राहत कोष २ नम्बर प्रदेशको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता निर्देशिका २०७५ को प्रावधान विपरीत व्यक्ति तथा संघसंस्थालाई जथाभावी रकम वितरण गरी कोषको चरम दुरुपयोग गरेको आरोप राउतको आरोप छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ४ : २१ बजे

साझेदारी र कनेक्टिभीटी नेपाल भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा

गर्मीमा ‘लू’ बाट कसरी बच्ने, यी हुन् ६ उपाय

काठमाडौं– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो

सीमाबाट अवैध चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा

चितवन– व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा

अनेरास्ववियुमा कडारियालाई आधिकारिक र पौडेललाई अनधिकृत भनिएपछि बालुवाटारको हस्तक्षेप

काठमाडौं- नेकपा एमालेको नर्सरीका रुपमा लिइने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी

काठमाडौं– पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल