नेपालमा जलपन्छीको संख्या घट्दै « Khabarhub

नेपालमा जलपन्छीको संख्या घट्दै


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपन्छी र अन्य चराको संख्या घट्दै गएको पाइएको छ ।

तालतलैया तथा सिमसार क्षेत्रवरपर विकास निर्माण हुने र मनोरञ्जनस्थल बन्ने क्रमले चराहरुमा असर पर्दा संख्या घट्दै गएको विज्ञहरुले बताएका छन् ।

हालै नेपालका १४ वटा ठाउँमा गरिएको जलपन्छीको गणनाले यस्तो देखाएको हो । उक्त गणनाको पुरै परिणाम प्राप्त भइनसके पनि पानीमा आश्रित चरा तथा जलपन्छीको संख्या भने घटेको पाइएको चराविज्ञ हेमसागर बरालले बताए ।

नेपालमा करिब ८ सय ८७ प्रजातिका चराहरु पाइनेमा तीमध्ये नौ प्रजातिका चरा लाप भएको पाइएको छ । यस्तै, १ सय ६८ प्रजातिका चरा संकटापन्न अवस्थामा रहेको चराविज्ञ बरालले जानकारी दिए ।

नेपालमा पाइएका कुल चरामध्ये २ सय प्रजातिका पानीमा आश्रित छन् भने १ सय २० जति जलपन्छी भनिने वेडर प्रजातिका चरा छन् ।

नेपालमा धेरैजसो जाडो याममा चीन, मङ्गोलिया तथा रुसको साइबेरियासम्मबाट जलपन्छीहरू आइपुग्छन् । कर्‍याङ्कुरुङजस्ता कतिपय पन्छी भारतको गुजरातसम्म पनि पुग्ने गरेको बताइन्छ ।

काठमाडौँको टौदह, बागमती र मनोहरा नदी तथा चितवन र पोखराका विभिन्न तालसहितका ठाउँहरुमा स्वयंसेवक परिचालन गरेर गणना गरिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  २ : ०५ बजे

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको