नेपालमा जलपन्छीको संख्या घट्दै « Khabarhub

नेपालमा जलपन्छीको संख्या घट्दै


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपन्छी र अन्य चराको संख्या घट्दै गएको पाइएको छ ।

तालतलैया तथा सिमसार क्षेत्रवरपर विकास निर्माण हुने र मनोरञ्जनस्थल बन्ने क्रमले चराहरुमा असर पर्दा संख्या घट्दै गएको विज्ञहरुले बताएका छन् ।

हालै नेपालका १४ वटा ठाउँमा गरिएको जलपन्छीको गणनाले यस्तो देखाएको हो । उक्त गणनाको पुरै परिणाम प्राप्त भइनसके पनि पानीमा आश्रित चरा तथा जलपन्छीको संख्या भने घटेको पाइएको चराविज्ञ हेमसागर बरालले बताए ।

नेपालमा करिब ८ सय ८७ प्रजातिका चराहरु पाइनेमा तीमध्ये नौ प्रजातिका चरा लाप भएको पाइएको छ । यस्तै, १ सय ६८ प्रजातिका चरा संकटापन्न अवस्थामा रहेको चराविज्ञ बरालले जानकारी दिए ।

नेपालमा पाइएका कुल चरामध्ये २ सय प्रजातिका पानीमा आश्रित छन् भने १ सय २० जति जलपन्छी भनिने वेडर प्रजातिका चरा छन् ।

नेपालमा धेरैजसो जाडो याममा चीन, मङ्गोलिया तथा रुसको साइबेरियासम्मबाट जलपन्छीहरू आइपुग्छन् । कर्‍याङ्कुरुङजस्ता कतिपय पन्छी भारतको गुजरातसम्म पनि पुग्ने गरेको बताइन्छ ।

काठमाडौँको टौदह, बागमती र मनोहरा नदी तथा चितवन र पोखराका विभिन्न तालसहितका ठाउँहरुमा स्वयंसेवक परिचालन गरेर गणना गरिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  २ : ०५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा