नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह « Khabarhub

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै कञ्चनपुरका तीन पालिकामा भारी वर्षाको सम्भावना रहेकाले तयारी अवस्थामा रहन र सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले स–साना नदीहरूमा पानीको बहाव उलेख्य बढ्ने जोखिम कायम रहेको जनाएको छ ।

बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले पालिका पूर्वतयारी अवस्थामा रहेको जानकारी दिए । ‘नगर प्रहरी, वडाध्यक्षलाई तयारी अवस्थामा रहन भनेका छौँ’, उनले भने, ‘आवश्यक सामग्री तयारी अवस्थामा राखेका छौँ ।’

दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले पूर्वतयारी अवस्थामा रहेको जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाले सरोकारवाला निकायलाई नदीको निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई सूचित गराउने र आवश्यक तयारी सुरु गर्न सूचना जारी गरेको छ । 

कञ्चनपुरमा आज बिहानैदेखि अविरल वर्षा भइरहेको छ । महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनवासास्थित शारदा व्यारेजमा आवागमनमा रोक लगाएको छ । 

इलाका प्रहरी कार्यालय ड्डाचौकीका प्रमख जीवन गुरुङले  साँझ ५ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव प्रति सकेन्ड एक लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ । 

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएको छ । 

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ७ : २३ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा