जो चालिस कटेपछि आमा बने « Khabarhub

जो चालिस कटेपछि आमा बने


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री करीना कपूर खानले आइतबार बिहान दोस्रो छोरालाई जन्म दिइन् । करीनाले दोस्रो छोरालाई जन्म दिँदा उनका अभिनेता पति सैफ अली खान चौथोपटक पिता बने । यो जन्मसँगै करीना बलिउडमा ४० वर्ष पार गरेपछि आमा बन्ने सेलिब्रेटीमा सूचीकृत भएकी छन् ।

सन् २०२० को महाशिवारात्रीको दिन अभिनेत्री शिल्पा शेट्टी दोस्रोपटक आमा बनिन् । यसपटक उनले सरोगेसीका माध्यमबाट छोरी जन्माइन् । उनको उमेर ४४ वर्षको थियो ।

टेलिभिजनकी ‘महारानी’का रुपमा बलिउडमा परिचित एकता कपुर ४४ वर्षको उमेरमै आमा बनिन् । सन् २०१९ मा उनले सरोगेसीका माध्यमबाट छोरालाई जन्म दिइन् ।

कोरियोग्राफर र निर्देशक फराह खान ४३ वर्षको उमेरमा तीन सन्तानकी आमा बनिन् । सन् २००८ मा फराहले आईवीएफको मध्यमबाट एकसाथ तीन सन्तानलाई जन्म दिएकी थिइन् । उनले सन् २००४ मा शिरिष कुन्दरसँग विवाह गरेकी थिइन् ।

अभिनेत्री सारा अली खानकी आमा अमृता सिंहले सन् २००१ मा छोरा इब्राहिम अली खानलाई जन्मदिएकी थिइन् । यो समयमा अमृताको उमेर ४३ वर्षको थियो । सन् १९९१ मा अभिनेता सैफ अली खानसँग विवाह गरेकी अमृताले सैफसँग सन् २००४ मा सम्बन्धविच्छेद गरेकी थिइन् ।

कृष्णा अभिषेक र कश्मीरा शाह सरोगेसीको माध्यमबाट २०१७ को मेमा जम्ल्याहा सन्तानको अभिभावक बनेका थिए । जम्ल्याहालाई जन्म दिँदा कश्मीराको उमेर ४५ वर्षको थियो । जबकी कृष्णा ३४ वर्षका थिए ।

चालिस वर्ष पछि आमा बन्ने सूचीमा अभिनेता शाहरुख खानकी श्रीमति गौरी खान पनि पर्छिन् । उनले तेस्रो सन्तान अबरामलाई सरोगेसीका माध्यमबाट जन्माएकी थिइन् । यो समयमा उनको उमेर ४२ वर्षको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : ३० बजे

ट्रम्प मार्च अन्तिममा चीन जाने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्

नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा

आजका समाचार : दलको घरदैलो तीव्र, रास्वापाले चुनाव भाँड्न खोजेको एमालेको आरोप, रौतहटमा झडप र एआई सम्मेलन निष्कर्षविहीन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

गण्डकीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

गण्डकी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एआई शिखर सम्मेलन निष्कर्षविहीन

एजेन्सी– पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति