प्रधानमन्त्रीको असंवैधानिक कदमलाई देउवाले साथ दिए : पौडेल | Khabarhub Khabarhub

प्रधानमन्त्रीको असंवैधानिक कदमलाई देउवाले साथ दिए : पौडेल


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई पार्टी सभापति शेरबहादुर देउवाले साथ दिएको आरोप लगाएका छन् ।

आज प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले देउवाको साथ र समर्थनका कारण ओली थप अधिनायकवादतर्फ उन्मुख भएको बताए । उनले ओलीलाई देउवाको समर्थनपछि संविधान, लोकतन्त्र र गणतन्त्र धरापमा परेको बताए।

उनले भने, ‘देउवाको साथ र समर्थन पाएपछि ओली झन् अधिनायकवादी बन्न थाले । संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता धरापमा पर्ने खतरा बढ्यो।’

नेता पौडेलले कांग्रेसको आधिकारिक निर्णय भनेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने रहेको बताउँदै कार्यकर्तालाई आन्दोलनमा लाग्न आग्रह गरे। उनले संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको बताउँदै प्रतिनिधि सभा विघटनका विपक्षमा उभिन समेत आग्रह गरे।

उनले सरकारले गरेका भ्रष्टाचार, गैरसंवैधानिक नियुक्तिमा पनि देउवाले ओलीलाई साथ दिएको आरोप लगाए।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : २१ बजे

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर

मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु

मध्यविन्दु– यहाँको कावासोती नगरपालिका-१ लोकाहा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको

सङ्घीय व्यवस्थाअनुसार मानसिकता बदल्न आवश्यक : नेता सिटौला

इटहरी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीय लोकतान्त्रिक व्यवस्था

व्यावसायिक योजनाबिनै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो : अध्यक्ष लिङ्देन

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध