सुनको जलहरी राख्नुअघि पशुपतिनाथमा क्षमापूजा गरिने « Khabarhub

सुनको जलहरी राख्नुअघि पशुपतिनाथमा क्षमापूजा गरिने


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ ।

क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना शुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । आगामी बुधबारसम्म क्षमापूजा हुनेछ ।

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । वर्षौंदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा शुरु भएको हो ।

वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ । चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो । सुनको जलहरी निर्माण पनि शुरु भइसकेको कोषले जनाएको छ । एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ ।

पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले रु ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।

सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुग्नुभएका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई रु ३० करोड बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।

मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि करीब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ । रु ३० करोडबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट व्यहोर्ने जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ४ : ४२ बजे

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं- प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा संसद्को नयाँ नियमावली तयार

काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसद्को नयाँ नियमावली तयार गरेको

कांग्रेसको कार्यविधि : कार्यक्रमको मञ्चमा दुई जनामात्रै, प्रमुख अतिथि समयमा नआए नकुर्ने, ब्याच-माला-खादा पनि निषेध 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीका सार्वजनिक कार्यक्रमलाई अनुशासित र

यूएईविरुद्ध नेपालले गुमायो चौथो विकेट, २१ बलमा १७ रन जोडेका मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी