नेकपा दाहाल-नेपाल समूहको प्रेस संगठन इन्चार्जको जिम्मेवारी नेता भट्टराईलाई « Khabarhub

नेकपा दाहाल-नेपाल समूहको प्रेस संगठन इन्चार्जको जिम्मेवारी नेता भट्टराईलाई


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा दाहाल–नेपाल समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्जमा चयन गरेको छ ।

पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि सो पदमा भट्टराईलाई जिम्मेवारी तोकिएको हो । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए ।

यस्तै महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिवमा राजेश राई चयन भएका छन् ।

१९ सदस्यीय केन्द्रीय कार्यालय पनि विस्तार गरिएको छ ।

केन्द्रीय कार्यालय सदस्यमा पूर्वएमालेबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् ।

पूर्वमाओवादीबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी छन् ।

केन्द्रीय कार्यालय प्रचण्ड र माधव नेपालका तर्फबाट ५०/५० प्रतिशतको अनुपातमा बनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ०३ बजे

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

सिटीले उचाल्यो काराबाओ कपको उपाधि

काठमाडौँ – म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ ।

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

गण्डकी– सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९

अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना

काठमाडौँ– नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,