महाकाली करिडोर निर्माणमा उचित सहयोग रहने मन्त्री आलेको प्रतिबद्धता « Khabarhub

महाकाली करिडोर निर्माणमा उचित सहयोग रहने मन्त्री आलेको प्रतिबद्धता


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोर निर्माण सहज बनाउन सक्दो सहयोग हुने बताएका छन्।

भीमदत्त नगरपालिकाले आयोजना गरेको चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा उनले महाकाली करिडोरका लागि वन मन्त्रालयबाट भइरहेको बाधा व्यवधान हटाउने प्रतिबद्धता जनाएका हुन् ।

करिडोर कञ्चनपुरको ब्रम्हदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम पुग्ने छ ।

उनले नेपाल र भारतबीच जोड्न महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलका लागि २५० क्वीन्टलका ढुङ्गा आवश्यकता परेको र वनको मापदण्डअनुसार समस्या भएको गुनासोलाई वन मन्त्रालयले सहज बनाउने बताए ।

मन्त्रालयले सात वटै प्रदेशमा चिडियाखाना निर्माणको पहल गर्ने मन्त्री आलेलेले जानकारी दिए । साथै उनले नेपालमा पनि २५ ठाउँमा खुला चिडियाखाना बनाइने बताए ।

कञ्चनपुरमा २०५८ सालदेखि समस्याका रूपमा रहेको आररक्ष विस्थापितको समस्यालाई समाधान गर्न मन्त्री आलेले चाँडै जग्गाधनी बनाउने गरेर प्रक्रिया थाल्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विघठित संसद्का सांसद निरू पाल, सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशराज जोशी, नगर प्रमुख सुरेन्द्र विष्टलगायतले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटनको आगमन बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : १७ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल