बलिउड कलाकारलाई अनौठा आरोप | Khabarhub Khabarhub

बलिउड कलाकारलाई अनौठा आरोप


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका कलाकारको व्यक्तिगत जीवन विवादविहिन छैन । कोही फ्यान त कोही अपरिचित व्यक्तिले यी कलाकारहरुलाई छोराछोरीदेखि आमासम्मको दाबी गर्दै मुद्धासमेत हालेका छन् ।

सन् २०२० मा प्रख्यात गायिका अनुराधा पौड्वाललाई एक ४५ वर्षीया महिलाले ‘आफू अनुराधाको छोरी हुँ’ भन्दै अदालतमा मुद्धा नै दर्ता गराइन् । सन् १९७४ मा तिरुअनन्तपुरममा जन्मिएकी करमाला मोडेक्सले केरलको जिल्ला अदालतमा अनुराधाविरुद्ध उजुरी गर्दै ५० करोड रुपैंयाँ जरिवानाको माग नै गरिन् ।

अनुराधाले आफूलाई जन्मिएको चार दिनपछि कोही अन्यलाई बुझाएको कुरा पिताले बताएको दाबी गरेकी थिइन् । तर अनुराधाले भने आफूमाथि लागेको यस्तो आरोपले कुनै अर्थ नलाग्ने बताएकी थिइन् ।

आन्ध्र प्रदेशमा बस्ने संगीत कुमार नाम गरेका एक व्यक्तिले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई आफ्नो ‘आमा’ भनी दाबी गरे । बलिउडमा आउनु अघि ऐश्वर्याले आईवीएफका माध्यमबाट सन् १९८८ मा आफूलाई जन्म दिएको संगीतको दाबी थियो ।
ऐश्वर्यामाथि लागेको सबै आरोप झुठो साबित भएपछि प्रहरीले संगीतलाई पक्राउ गरेको थियो ।

अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाह निश्चित भएपछि जान्हवी कपूर नामकी एक मोडलले अभिषेक आफ्नो पति रहेको भन्दै अभिषेकको घर अगाडि गएर हातको नशा नै काटिन् । उनले अभिषेकको विवाह ऐश्वर्यासँग भएको आफूले हेर्न नसक्ने अडान लिएपछि प्रहरीले ती युवतीलाई ‘पागलपन’ भन्दै तुरुन्त पक्राउ गरेको थियो ।

अभिनेता राजकुमारकी छोरी वास्तविकता पण्डित अभिनेता शाहिद कपुरप्रति हुरुक्कै थिइन् । वास्तविकताले आफू शाहिदको पत्नी भएको दाबी नै गरिन् । शाहिद जहाँ–जहाँ जान्थे, वास्तविकता त्यही पुग्थिइन् । अन्तिममा केही उपाय नलागेपछि शाहिदले वास्तविकताविरुद्ध उजुरी नै दिनुपर्यो ।

दक्षिण भारतीय स्टार रजनीकान्तका ज्वाइँ धनुषलाई एक दम्पत्तिले आफ्नो छोरा दाबी गरे । धनुषले आफूहरुलाई छोडेर गएको उनीहरुको भनाई थियो । प्रहरीमा उजुरी दिएपछि उनीहरुले हरेक महिना ६५ हजार जरिवाना नै मागे । यो दाबीलाई सत्य साबित गर्नका लागि धनुषको मेडिकल टेस्ट पनि गराइएको थियो ।
–एजेन्सी

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : २५ बजे

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच