प्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरु | Khabarhub Khabarhub

प्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरु


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण शुरु गरिएको छ ।

बहुप्रतीक्षित उक्त खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमवार पानी हालेर परीक्षण थालिएको हो ।

खानेपानी मन्त्री मणि थापा, नेता शेरबहादुर तामाङ लगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो ।

यसअघि गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । सो क्रममा हेलम्बु गाउँपालिका–१ अम्बाथानको मुख्य गेट फुटेर आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

यसपटक पहिलेको जस्तो समस्या नदोहोरियोस् भनेर विशेष शतर्कता अपनाइएको छ । उक्त स्थलमा हेलिकप्टरलाई पनि तयारी अवस्थामा राखिएको छ ।

यो साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १२ : ५९ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।