भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड १० नाघ्यो « Khabarhub

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड १० नाघ्यो


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड १० लाख बढी पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार १९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ५ हजार ८५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ८३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ३८५ जना पुगेको छ ।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्द १० भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ९९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५० हजार ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १३० जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ । बिहीबार कोभिड १९ बाट दुई व्यक्तिको मृत्यु भएको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २१ करोड १५ लाख ५१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।

बिहीबार एकै दिनमा मात्र छ लाख २० हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

–रासस/सिन्ह्वा

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १ : २७ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को