रियलमी ‘जीटी’ विश्वभर मार्च ४ मा सार्वजनिक हुने « Khabarhub

रियलमी ‘जीटी’ विश्वभर मार्च ४ मा सार्वजनिक हुने


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा तीव्र रूपमा आफ्नो बजार वृद्धि गर्दै गइरहेको स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन ‘रेस’लाई आधिकारिक नाम ‘रियलमी जीटी’ बाट बजारमा ल्याउन लागेको छ ।

‘रेस’ कोड नाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो । ‘चुनौतीदेखि उन्नति’ सम्म नाराका साथ प्रविधि क्षेत्रमा बलियो हस्तक्षेप बनाउँदै गएको रियलमीको जीटी ब्रान्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रूत गतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने विश्वास कम्पनीको छ । कम्पनीले यस सिरिजको पर्फमेन्सलाई विशेष ध्यानमा राखेर मोबाइल फोनको निर्माण गरेको छ ।

हाल विश्वभर रियलमीका इन्ट्री लेभलदेखि फ्ल्यागसिप लेबलसम्मका ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोनहरु तीव्र रुपमा लोकप्रिय बन्दै गएका छन् । कम्पनीले ‘जीटी’ ब्रान्डको यो स्मार्टफोन नयाँ जेनेरेसनका युवाहरूको मागलाई सम्बोधन गर्ने गरी निर्माण गरेको छ ।

नयाँ फ्ल्यागसिप सिरिज, नयाँ यात्रा

सन् १९६० को दशकमा कम्फर्टेबल अनुभूतिका साथै लामो र आरामदायी यात्राका लागि सोअनुसार डिजाइन गरिएको माग उच्च भएपछि जीटी स्पोर्ट कारको उत्पादन शुरू भएको थियो । जीटी कारको पर्फमेन्स सामान्य कारको भन्दा उत्कृष्ट हुने धारणा जनमानसमा रहेको पाइन्छ ।

नयाँ पर्फमेन्ससहितको फ्ल्यागसिप सिरिजको यो स्मार्टफोन स्न्यापड्र्यागन ८८८ प्रोस्रेसरयुक्त रहेको छ । जीटीको आफ्नै विशिष्ट महत्व रहेको छ, यसको प्रयोग उन्नत लाग्ने मात्र नभएर यसले निरन्तर वृद्धिको अनुभूति दिलाउने तथा अन्य विश्वसनीय क्षमताहरु पनि रहेको कम्पनीले जनाएको छ ।

विशेषगरी युवापुस्तालाई लक्षित गरी मोबाइलको डिजााइन गरिएकाले युवापुस्तामा यो मोबाइल फोन लोकप्रिय हुने विश्वास कम्पनीको छ, यो केबल रेसिङको रुपमा मात्र नभएर युवापुस्तालाई आत्मिक सन्तुष्टि दिँदै नयाँ धारणा विकास गर्न सक्ने दाबा कम्पनीको छ ।

चुनौतीदेखि उन्नतीसम्म

सन् २०२० मा विभिन्न चुनौतीको सामनासहित नयाँ अवसरहरूका साथ रियलमी स्मार्टफोन उद्योगको क्षेत्रमा बलियो प्रतिस्पर्धी बन्दै द्रूत रूपमा उदाएको छ ।

लगातार वर्षको दुई त्रैमासिक भित्रै तीव्र बजार विस्तार गरेको यस कम्पनीलाई ‘काउन्टरपोइन्ट’ले विश्वभर सबैभन्दा चाँडो ५ करोड मोबाइल फोन विक्री गर्ने कम्पनीको सूचीमा राखेको छ । सन् २०२१ मा रियलमी ‘जीटी’ ले रियलमीका उत्पादन एवं ब्रान्डलाई अपग्रेड गर्दै राम्रो उत्पादन, उत्कृष्ट प्रविधि भित्र्याएर मध्यदेखि उच्च बजारमा नयाँ ट्रेन्ड स्थापना गर्ने विश्वास कम्पनीको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ३ : ५७ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा