प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाइँदै « Khabarhub

प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाइँदै


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको हो।

इजलासले मंगलबार कार्यालय समय सकिएपछि पनि यो मुद्दामा सुनुवाइ गरिरहेको हो ।

स‌ंवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन ।

फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ । मुद्दाको निर्णय सुनाइने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अदालत परिसरमा रहेका रिट निवेदकलाई पनि इजलासमा बोलाइएको छ ।

संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भएको हो । फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि इजलास मंगलबारका लागि बोलाइएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ०४ बजे

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना