धेरै बस्ने बानीले स्वास्थ्यमा गम्भीर असर ! | Khabarhub Khabarhub

धेरै बस्ने बानीले स्वास्थ्यमा गम्भीर असर !


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही दशकयता मानिसहरु शारीरिक श्रम नगर्ने पेशामा बढि सक्रिय छन् । पहिले पहिले मानिसहरु खेती किसानी काममा व्यस्त हुन्थे । तर आजकल बसिबसि गर्ने काम सबैको रोजाईमा पर्दछ । तर यस प्रकारको काम वा लामो समय बस्ने गर्दा स्वास्थ्यमा भने नकारात्मक असर पर्ने गर्दछ ।

चिकित्सकहरु जो व्यक्ति जति कम बस्छ त्यो त्यति बढी बाँच्न सक्छ भनेर सुझाउँछन् । दिनहुँ ३ घण्टाभन्दा कम बस्ने मानिसहरु धेरै बस्ने मानिसको तुलनामा बढि बाच्ने गर्दछन् । एक अध्ययन अनुसार दैनिक ३ घण्टाभन्दा कम बस्ने मानिसको आयू एक दशमलव चार वर्ष बढ्न सक्छ । तसर्थ लामो समय बस्नुको सट्टा करेसाबारीको काम गर्ने, वा कुनै पनि शारीरिक श्रम हुने काम गर्न चिकित्सक सुझाव दिन्छन् ।

कार्यालयको काम बसेर नै गरिन्छ । तर कार्यालयबाट घर आएपछि पनि मानिसहरु ओच्छ्यानमा पल्टेर लामो समय मोवाइल चलाउँछन् । सुतेर टिभी हेर्छन् वा सोफामा बस्ने गर्दछन् । तर यस्ता क्रियाकलापले स्वास्थ्यमा खराबी देखिनुको साथै मधुमेह, मुटुरोग र हृदयाघात हुने संभावना बढाउँछ ।

पछिल्लो समय वृद्धहरु मात्र नभई बालबालिका र वयस्क समेत बसेर समय बिताउँछन् । यस्तोमा उनीहरुमा स्वास्थ्यको जोखिम बढ्दछ । तर यसको सट्टा हिडडुल, व्यायाम वा अन्य काममा सक्रिय भएमा जीवनको आयू दुई वर्षसम्म बढ्न सक्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : ४५ बजे

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए

दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस सुरु

दार्चुला– यहाँका नौ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको