शेयर कारोबार प्रणालीमा समस्या आएपछि लगानीकर्ताहरूमा हलचल | Khabarhub Khabarhub

शेयर कारोबार प्रणालीमा समस्या आएपछि लगानीकर्ताहरूमा हलचल


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ । बुधवार कारोबार खुलेसँगै शेयर बजारमा कारोबार गर्न नमिल्ने समस्या देखिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।

मंगलबार संसद पुनःस्थापना भएसँगै उत्साहजनक रुपमा शेयर बजार उक्सिने आँकलन गरिएको थियो । तर, बुधवार भने नेप्सेको वेबसाइटमै समस्या देखिएको पाइएको छ ।

लगानीकर्ताहरुले शेयर बजारमा चलखेल भएको हुनसक्ने बताएका छन् । आज एकैदिन नेपाल इन्फ्रास्टक्चर बैंकका शेयर मूल्य एक सय प्रतिशतले घटेको देखाएको छ ।

यसलाई प्राविधिक समस्याका रुपमा लिइएको छ । किनकि, कुनै पनि कम्पनीको शेयर मूल्य एकैदिन १० प्रतिशत मात्र बढ्न या घट्न मिल्दैन ।

यस्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य पनि एकाएक घटेको देखिएको छ । शेयर कारोबारमा समस्या देखिएपछि लगानीकर्ताले किनबेच नै गर्न नपाएको गुनासो गरेका छन् ।

यस्तै शेयर बजार अनलाइन हेर्ने मेरो शेयरमा पनि समस्या देखिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : ३८ बजे

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको

छोरीको भिडियो देखाउँदै सुन्तली भन्छिन् : चार वर्ष बित्यो, अब आफ्नो पीडा लुकाइरहन सकेनौँ

काठमाडौं- चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण विवाद झन्