शेयर कारोबार प्रणालीमा समस्या आएपछि लगानीकर्ताहरूमा हलचल « Khabarhub

शेयर कारोबार प्रणालीमा समस्या आएपछि लगानीकर्ताहरूमा हलचल


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ । बुधवार कारोबार खुलेसँगै शेयर बजारमा कारोबार गर्न नमिल्ने समस्या देखिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।

मंगलबार संसद पुनःस्थापना भएसँगै उत्साहजनक रुपमा शेयर बजार उक्सिने आँकलन गरिएको थियो । तर, बुधवार भने नेप्सेको वेबसाइटमै समस्या देखिएको पाइएको छ ।

लगानीकर्ताहरुले शेयर बजारमा चलखेल भएको हुनसक्ने बताएका छन् । आज एकैदिन नेपाल इन्फ्रास्टक्चर बैंकका शेयर मूल्य एक सय प्रतिशतले घटेको देखाएको छ ।

यसलाई प्राविधिक समस्याका रुपमा लिइएको छ । किनकि, कुनै पनि कम्पनीको शेयर मूल्य एकैदिन १० प्रतिशत मात्र बढ्न या घट्न मिल्दैन ।

यस्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य पनि एकाएक घटेको देखिएको छ । शेयर कारोबारमा समस्या देखिएपछि लगानीकर्ताले किनबेच नै गर्न नपाएको गुनासो गरेका छन् ।

यस्तै शेयर बजार अनलाइन हेर्ने मेरो शेयरमा पनि समस्या देखिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : ३८ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के