नयाँ निशान म्यागनाइटको देशभर बुकिङ खुल्ला, मूल्य २९ लाख ४९ हजार | Khabarhub Khabarhub

नयाँ निशान म्यागनाइटको देशभर बुकिङ खुल्ला, मूल्य २९ लाख ४९ हजार


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पायोनियर मोटो कर्प प्रालीले नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालभरीका सबै डिलरहरुमार्फत बुकिङ खुल्ला गरेको छ ।

कम्पनीले सोमबार एक कार्यक्रम गरी यसको बुकिङ खुल्ला गरेको हो । ग्राहकहरुले निशास नेपालको वेभसाइटमा गएर यस एसयूभीको बुकिङ गर्नसक्ने छन् ।

नेपाली बजारमा निशान म्याग्नेसाइटको मूल्य २९ लाख ४९ हजार रुपियाँ रहेको छ । यी गाडिहरु बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक रहेको कम्पनीले जनाएको छ ।

No description available.

निशान मोटर इण्डियाका अध्यक्ष तथा दक्षिण एसिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार निशासन म्यागनाइटले निशान नेस्क्टको नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरुवात गर्दछ ।

‘मेक इन इण्डिया, मेक फर द वल्ड’को नारासहित नयाँ निशान म्यागनाइटमा २० वटाभन्दा बढि प्रथम श्रेणी र वेष्ट–इन–सेगमेन्टका सुविधाहरु रहेको र यसले उपभोक्ताहरुलाई नविनतम् रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

No description available.

निशान म्यागनाइटमा प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता प्रविधिहरु समावेश छन् । यसका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पूरा गर्ने ढंगबाट गहनताका साथ डिजाइन गरिएको पायोनियर मोटो कर्पका प्रवन्ध निर्देशक संदीपकुमार शारदाले जानकारी दिए । यस गाडिले नेपाली बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्ने उनले आशा व्यक्त गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ०९ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना