मुलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने स्थायी कमिटीको निष्कर्ष | Khabarhub Khabarhub

मुलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने स्थायी कमिटीको निष्कर्ष


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने निष्कर्ष निकालेको छ ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै सो समूहका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने बताए । उनले यस विषयमा दलहरुसँग छलफल गर्ने बताए ।

ज्ञवालीले आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने बताए ।

उनले भने, ‘मुलुकलाई कसरी राजनीतिक निकाश दिने भन्नेबारे हामी छलफलमै छौं, जे गर्दा देशका लागि सहज हुन्छ प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ।’

सर्वोच्चको आदेश बमोजिमनै संसद बैठक आह्ववान गर्ने निष्कर्ष आजको बैठकको रहेको समेत नेता ज्ञवालीले बताए। आजको बैठकले संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलाउने निर्णय गरेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : २१ बजे

यस्तो छ महालेखापरीक्षकले ९४ खर्ब ६३ अर्बको लेखापरीक्षण गरेर बनाएको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं – महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा सङ्घीय, प्रदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य माया राईलाई

कर्णाली प्रदेशसभा : विनियोजन विधेयक संसद्‌मा पेश, ‘रिटर्नी रिटेन’ कार्यक्रम ल्याइने

सुर्खेत– कर्णाली प्रदेशसभामा आर्थिक वर्ष २०८२-०८३ का लागि विनियोजन विधेयक पेश

‘अबण्डा’ मा गरिएको करोडौँ खर्च भ्रष्टाचार हो कि होइन ?

काठमाडौं – ‘भ्रष्टाचारको फाइल खोल्छु’, ‘भ्रष्टाचार गर्दैगर्दिनँ गरेँ भने बीच

अर्थसंक्षेप : ३० अर्ब बढी बेरुजु, संघीय सरकारको धेरै र नेप्से निरन्तर ओरालो

सरकारी कारोबारमा बेरुजु बढ्नु सुशासनका लागि चुनौती : राष्ट्रपतिराष्ट्रपति रामचन्द्र