ओलीले तत्काल राजीनामा नदिए संसदबाट ‘गलत्याएर’ फाल्छौँ: नेतृ भुसाल (भिडियोसहित) « Khabarhub

ओलीले तत्काल राजीनामा नदिए संसदबाट ‘गलत्याएर’ फाल्छौँ: नेतृ भुसाल (भिडियोसहित)


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् प्रतिनिधिसभा सदस्य पम्भा भुसालले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा नदिए संसदबाट गलत्याएर फाल्ने बताएकी छिन् ।

आज काठमाडौंको रत्नपार्कमा आयोजित सभामा बोल्दै पम्फाले यस्तो चेतावनी दिएकी हुन् ।

हेरौँ भिडियो

उनले प्रधानमन्त्री ओलीको नैतिकता बाँकी नरहेको र यदि बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताएकी हुन् ।

प्रतिनिधि सभा पुनःस्थापना गरेपछि प्रतिगामीहरूले अलिकति नैतिकता भए राजीनामा देलान् भनेर आफूहरूले भनेको र अझै पनि नैतिकता छ भने राजीनामा दिन उनले चेतावनी दिइन् । उनले ओलीलाई हारेको प्रतिगामी भन्दै अब उठ्ने दिवास्वप्न नदेखे नदेख्न पनि आग्रह गरिन् ।

‘१३ दिनपछि संसदको बैठक शुरु हुन्छ, राजीनामा नदिए संसदबाट गलत्याएर फालिने छ,’ उनले भनिन् ।

उनले सर्वोच्च अदालतले ओलीको प्रतिगमनकारी सोचलाई खारेज गरिदिएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ुनेपालको हिटलर बन्न खोज्ने ओलीको तानाशाही पराजित भएको छ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : ४६ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी