देउवासँग भेटेर फर्किएका प्रचण्डलाई भेट्न पेरिसडाँडा पुगे जसपाका नेता श्रेष्ठ « Khabarhub

देउवासँग भेटेर फर्किएका प्रचण्डलाई भेट्न पेरिसडाँडा पुगे जसपाका नेता श्रेष्ठ


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक समीकरणका लागि दलहरुबीचको भेटघाटले तीव्रता पाएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै दलका नेताहरु सत्तासाझेदारीको विषयमा छलफलमा जुटेका हुन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

त्यसको केही घण्टामै नेकपा दाहाल–नेपाल समूहका नेताहरुलाई भेट्न जसपाका नेता राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन् । प्रचण्ड र श्रेष्ठबीच पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब परिरहेको र राजीनामा नदिएमा अविश्वासको प्रस्तावमार्फत हटाउने रणनीतिमा रहेका प्रचण्ड–नेपाल भावी राजनीतिक समीकरणका लागि कांग्रेसको साथ खोजीरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : ३६ बजे

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित