ओलीको सेटिङ युग सकियो, अब उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: सुरेन्द्र पाण्डे « Khabarhub

ओलीको सेटिङ युग सकियो, अब उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: सुरेन्द्र पाण्डे


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतको फैसलाले ओलीको ‘सेटिङ युग’ सकिएको बताएका छन् ।

आज भरतपुरमा पार्टीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतको पुन:र्स्थापना फैसलाले ओलीको सेटिङ ‘टाइँ टाइँ फिस’ भएको बताउँदै उनले भने, ‘ओलीको सेटिङ गयो, समाप्त भयो, ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो ।’

कार्यक्रममा बोल्दै उनले नेपालमा अझै पनि न्याय नमरेको प्रतिक्रिया दिए । उनले अदालतको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको पनि बताए ।

उनले प्रधानमन्त्रीले महाराजाको शैलीमा सरकारी पैसाको दुरुपयोग गरी जन्मदिन मनाएको समेत आरोप लगाए । उनले ओलीलाई पदमा बस्ने हैसियत नभएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न समेत आग्रहसमेत गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : ४१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी