एनआरएनए साउदीद्वारा श्रमिकको उद्धारमा १ लाख ६५ हजार साउदी रियाल भन्दाबढी खर्च « Khabarhub

एनआरएनए साउदीद्वारा श्रमिकको उद्धारमा १ लाख ६५ हजार साउदी रियाल भन्दाबढी खर्च


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीले आइएलओले दिएको रकममा अनियमितता गरेको आरोपको खण्डन गर्दै आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

विभिन्न सञ्चार माध्यममा एनआरएनए साउदीमा पनि आर्थिक हिनामिना भन्दै आएको समाचारहरु झुटा रहेको भन्दै भर्चुअल माध्यममार्फत पत्रकार सम्मेलन गरी आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

संघले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा कोरोना प्रभावित नेपाली श्रमिकहरुको उद्धारको लागि १ लाख ६५ हजार चार सय ४७ साउदी रियाल खर्च भएको जनाएको छ।

कोरोना महामारी लगायत विभिन्न कारणले अलपत्र परेका तथा रोजगार गुमाएर समस्यामा परेका १ सय ७ जनाका लागि कोरोना परीक्षण, ८२ जनालाई हवाई टिकटको व्यवस्था र ५ सय ३७ जनालाई खाद्यान्न उपलब्ध गराएको जनाएको छ भने
साउदीको विभिन्न शहरहरुमा आउटेज क्यामपिङ गरि पासपोर्ट सहजीकरणमा खर्च गरिएको संघले जनाएको छ ।

संघले नेपाली श्रमिको उद्धारको लागि आइएलओबाट प्राप्त गरेको रकम १ लाख ९९ हजार ६४३ साउदी रियाल अहिलेसम्म खर्च गरेको रकम १ लाख ६५ हजार ४ सय ४७ रियाल र अब संघको कोषमा ३४ हजार १९५ रियाल बाँकी रहेको समेत सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै संघले सत्य,तथ्य नबुझी दुस्प्रचार तथा भ्रामक समाचार सम्प्रेष्ण गरि अफवाह फैलाउनेप्रति खेद प्रकट गर्दै तत्काल छानबिन गरी कारवाही गर्न माग समेत गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ८ : ४५ बजे

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको