पेटको बोसो सजिलै हटाउन अपनाउनुपर्ने ८ टिप्स « Khabarhub

पेटको बोसो सजिलै हटाउन अपनाउनुपर्ने ८ टिप्स


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटो हुन कसैलाई मन पर्दैन । प्रायःजसो सबै मानिस स्लिम र पातलो हुनै रुचाउँछन् ।

तथापी आधुनिक जीवनशैली र खानपानको लापरबाहका कारण मानिस मोटोपनको शिकार हुन्छन् । यस्तोमा आफ्नो शरीरको वजन कसरी कम गर्ने त ?

१. दिनको शुरुवातमा कागती पानी
यदि अनावश्यक रुपमा बढेको भद्दा शरीर घटाउन चाहानुहुन्छ भने हरेक दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । यसले पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न र मेटाबोलिजम दुरुस्त राख्न मद्दत गर्दछ ।

२. उसिना चामलको सेवन
यदि तपाईलाई खानामा भात नभई हुदैन भने सेतो चामलको सट्टा खैरो चामल वा उसिना चामलको भात खानुहोस् । त्यो पनि कम मात्रामा । यदि सक्नुहुन्छ भने खानामा रोटी, ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् ।

३. गुलियोबाट टाढिनुहोस्
यदि मोटोपन कम होस् भन्ने चाहानामा हुनुहुन्छ भने गुलियो स्वाद वा मिठाईबाट टाढिनुहोस् । मिठाई तथा तैलीय पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् र दीर्घकालसम्म रहन्छन् ।

४. प्रशस्त पानी पिउनुहोस्
मोटोपन घटाउन प्रशस्त पानी पिउनु पर्दछ । मोटोपन घटाउन यो सहज, सस्तो र सुलभ उपाय हो । पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ ।

५. काँचो लसुन खानुहोस्
बिहान उठ्ने बित्तिकै खाली पेटमा काँचो लसुन खाने बानी बसाउनुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान बिहान नियमित लसुनको २/३ पोटी चपाएर कागती हालेको तातोपानीमा पिउनाले बोसो घटाउन मद्दत गर्छ ।

६. माछामासुबाट टाढा
माछामासुजन्य मांसहारी भोजन पनि मोटोपन बढाउने कारण हुन् । यसको अत्यधिक सेवनले स्वास्थ्यसम्बन्धी बिभिन्न समस्याहरु उत्पन्न गर्छ । त्यसैले यस्ता भोजन त्याग्नुहोस् ।

७. सागसब्जी बढि खानुहोस्
प्रायः मानिस भात वा रोटी धेरै खाने र तरकारी कम खाने गर्दछन् । तर खानामा प्रशस्त फल र सागसब्जी सामेल गरेमा यो माटोपन घटाउन साथै स्वास्थ्यकालागि फाइदाजनक हुन्छ । यसबाट पेट पनि भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

८. मसलेदार खाना कम खानुहोस्
खाना पकाउँदा मसलाको प्रयोगमा कमी ल्याएमा तौल नियन्त्रण रहन सक्छ । मसलामा पनि दालचिनी, अदुवा तथा मरिचको प्रयोग गरेमा यी मसलाका कारणले इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा कम गर्छ र स्वास्थ्यमा पनि लाभ पुर्याउँछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ५ : ५४ बजे

सात मुख्य वाचासहित सर्लाही ४ का लागि गगनले ल्याए चुनावी योजना

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज– जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक