दम्पतीबीचको खटपट र झगडा अन्त्य गर्न राधाकृष्णको तस्वीर | Khabarhub Khabarhub

दम्पतीबीचको खटपट र झगडा अन्त्य गर्न राधाकृष्णको तस्वीर


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रमा उल्लेख उपायको पालना गरेमा घर र जीवनमा रहेको नकारात्मक उर्जाको असर नष्ट भई सकारात्मक उर्जा पाउन सकिन्छ । वास्तुमा आर्थिक समस्यादेखि रोजगारीमा आउने समस्यासम्म समाधानकालागी उपाय सुझाइएको हुन्छ । यस्तै वैवाहिक जीवनमा आउने समस्या नष्ट गरी पति पत्नीबीच सम्बन्ध सुधार गर्न वास्तुमा केहि उपाय सुझाईएको छ ।

१. राधाकृष्णको तस्वीर
पूजा कोठाका अलावा घरका अन्य भित्तामा समेत देवीदेवताका तस्वीर राख्ने गरीन्छ । तर देवीदेवताको तस्वीर कुन दिशामा राख्ने यसको जानकारी भएमा शुभफल प्राप्त गर्न सकिन्छ । यस्तोमा वैवाहिक जीवनमा आएको समस्या कम गर्न वा पतिपत्नीबीच लामो समयदेखि हुदै आएको विवाद नहोस् भन्न राधाकृष्णको तस्वीर बेडरुममा राखेमा दाम्पत्य जीवन सुखमय बन्ने छ । तर अन्य देवीदेवताको तस्वीर भने राख्नु राम्रो मानिदैन ।

२. यस्तो तस्वीर होस्
पतिपत्नीको बेडरुममा राखिने राधाकृष्णको तस्वीर दुबैले एकअर्कालाई प्रेमभावले हेरेको हुनु पर्दछ । साथै तस्वीर राख्दा स्मरण रहोस्, उक्त तस्वीरमा केवल राधाकृष्ण मात्र हुन् गोपिनीहरु नहुन् । यस्तो तस्वीर राखेमा दम्पतीबीचको खटपट अन्त्य हुने वास्तुको विस्वाश छ ।

३. यसरी राख्नुहोस्
पतिपत्नीको बेडरुममा राख्ने राधाकृष्णको प्रेम भावना भएको तस्वीर बेडरूम त्यस भित्तामा राख्नुहोस् । जहाँ कोठा छिर्दा वा बाहिर निस्कदा सहजै आखाँ परोस् । साथै बिहान उठ्नासाथ यहि तस्वीरमा नजर परोस् ।

४. यो पनि गर्नुहोस्
यदि कारणवश पतिपत्नी बीच दुरी बनेको छ भने बेडरूमको सिरानी तर्फको भित्तामा रातो फ्रेमको फोटोफ्रेममा राधाकृष्णको सुन्दर तस्वीर राख्नुहोस् । यसले दम्पतीबीचको खराब समय नष्ट गर्न मद्दत गर्दछ । साथै राधाकृष्णको तस्वीर राखेको सामुन्नेको भित्तामा पतिपत्नीको तस्वीर राखेमा आपसी विश्वास र प्रेम बढ्ने वास्तुशास्त्रको मान्यता छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ८ : ३५ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा