फरार प्रतिवादी पक्राउ अभियान चलाउँदै काभ्रे प्रहरी | Khabarhub Khabarhub

फरार प्रतिवादी पक्राउ अभियान चलाउँदै काभ्रे प्रहरी


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ ।

कार्यालयले शुरु गरेको अभियानको दोस्रो सातासम्म विभिन्न स्थानबाट १२ फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना फर्स्यौट गर्न जिल्ला अदालतमार्फत कारागार पठाएको छ ।

प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको फरार प्रतिवादी खोजतलास ‘कारवाही’ अन्तर्गत काभ्रेपलाञ्चोकमा अभियानका रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

‘सर्वोच्च र जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेका छौँ, यो अभियान निरन्तर सञ्चालन गर्छौँ’, उनले भने ।

उनका अनुसार विभिन्न मुद्दामा फैसला भई ‘पुनरावेदन’ नहुने मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्दै पक्राउ गरिएको हो । कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली खटाएको छ ।

‘तत्तत् निकायले उपलब्ध गराएको लगतका आधारमा सबैलाई पक्राउ गरिएको छ, यसलाई शतप्रतिशत उपलब्धि मानेका छौँ’, खत्रीले भने ।

उनका अनुसार फागुन यता हालसम्म १२ फरार प्रतिवादी पक्राउ परेका छन् । गत माघ पहिलो साता काभ्रेपलाञ्चोक जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका खत्रीले आफू ‘अपराध नियन्त्रणका लागि खरो उत्रने’ बताए ।

कार्यालयका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन छ जना पक्राउ परेका छन् ।

जसमध्ये तीन वर्षदेखि लागुऔषध मुद्दामा छ महिना कैदा फैसला भएका फरार बनेपा नगरपालिका–१२ गोठडाँडाका ४३ वर्षीय टीकाबहादुर तामाङ, पाँच वर्षअघि केही सार्वजनिक अपराध मुद्दामा जरिवाना असुल फैसला सुनाइएका मण्डनदेउपुर नपा–६ का ३१ वर्षका महेश राई र २८ वर्षीय राजन राई, चार वर्षअघि सवारी ज्यान/सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दुई वर्ष ११ महिना कैद फैसला सुनाइएका पनौती नपा–२ का दीपेन्द्र हुमागाईँ, सात वर्षअघि घर भत्काउने मुद्दामा जरिवाना सुनाइएका बनेपा नपा–१४ का ४८ वर्षीय तिलकबहादुर राई र ठगी मुद्दामा जरिवाना फैसला सुनाइएका धुलिखेल नपा–१ का ३९ वर्षीय यादव घोरासैनी छन् ।

प्रहरीले गत सोमबार लागुऔषध मुद्दामा छ वर्षदेखि फरार प्रतिवादी रोशी गाउँपालिका–११ का २९ वर्षीय राजीव भन्ने मणिराज श्रेष्ठलाई पक्राउ गरी कैद तथा जरिवाना बेरुजू फर्स्यौट गर्न जिल्ला अदालत धुलिखेलमा पेश गरेको थियो । गत हप्ता पनि प्रहरीले अयिभान शुरुआतमा विभिन्न मुद्दाका फरार अन्य पाँच फरार प्रतिवादीलाई पक्रेको थियो ।

उनीहरूलाई फरार प्रतिवादी खोजतलासका क्रममै पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिसकेको छ । कैद भुक्तानका लागि अदालत पठाइएकामा वनपैदावार हानी–नोक्सानी, सवारी दुर्घटना गराई अङ्गभङ्ग गराएको, जातीय छुवाछूत तथा भेदभाव मुद्दामा संलग्नलाई कैद र जरिवाना भुक्तानका लागि जिल्ला कारागार धुलिखेलमा राखिएको छ ।

खत्रीले भने, ‘फरार अपराधी कुनै पनि बहानामा उम्कन नदिने रणनीति बनाएका छौँ ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ३ : ४४ बजे

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश