ग्यारी फिलिप्स महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त « Khabarhub

ग्यारी फिलिप्स महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई नियुक्त गरेको हो । महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस अघि फिलिप्स प्राविधिक निर्देशनको रुपमा काम गरिरहेका थिए ।

गत वर्ष नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पछि महिला टोली प्रशिक्षक विहीन छ । सागको फाइनलमा भारतसँग पराजित भएपछि मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए ।

पोखरामा भएको फाइलन खेलपछि महिला टोलीले हालसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । अष्ट्रेलियन ग्यारीलाई एन्फाले ७६ साल कार्तिक १४ बाट प्राविधिक निर्देशनमा नियुक्त गरेको थियो ।

कोरोना महामारीका बीच घर फर्किएका उनी नयाँ सम्झौता लगत्तै गत महिना नेपाल आएका हुन् । उनले सन् २००१ मा टोंगा राष्ट्रिय टिमको प्रशिक्षक साथै २०१४ देखि ०१५ सम्म पपुवा न्युगिनीको महिला टिमको प्रशिक्षक भएर काम गरिसकेका छन्। त्यसबाहेक विभिन्न क्लबमा समेत उनले प्रशिक्षण दिई सकेका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : १७ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ २२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख