रुखले च्यापिँदा जगदुल्ला गाउँपालिकाकी वडा सदस्यको मृत्यु « Khabarhub

रुखले च्यापिँदा जगदुल्ला गाउँपालिकाकी वडा सदस्यको मृत्यु


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु भएको छ ।

तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

जंगलमा भेडा चराउन गएको बेला खस्रुको रुख ढलेर च्यापिँदा गम्भीर घाइते भएको विकलाई उपचारको लागि घरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पाण्डेले बताए ।

घटनाका बिषयमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय काईगाउँबाट प्रहरी टोली खटाइएको छ ।

मृतक विक स्थानीय तहको निर्वाचनमा जगदुल्ला गा‍उँपालिका वडा नं.३ को दलित महिला सदस्यमा निर्वाचितसमेत रहेकी प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : ५० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन