'बी’ डिभिजन लिग फुटबल : आरसीटीसँग हार्‍यो नयाँबस्ती युवा क्लब | Khabarhub Khabarhub

‘बी’ डिभिजन लिग फुटबल : आरसीटीसँग हार्‍यो नयाँबस्ती युवा क्लब


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसीटीले सहज जित निकालेको छ ।

बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित आरसीटीले नयाँबस्ती युवा क्लबलाई ४–२ गोल अन्तरले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको छैटौं मिनेटमा अजित गुरुङले पेनाल्टीमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए ।

खेलको १९ औं मिनेटमा गणेश हमालले गोल गर्दै नयाँबस्तीलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ५० औं मिनेटमा सचु गुरुङले गोल गर्दै नयाँबस्तीलाई २–१ को अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ६६ औं मिनेटमा सुरेन खवासले गोल गर्दै आरसीटीलाई २–२ को बराबरीमा ल्याए । ६८ औं मिनेटमा आशिष चापागाइँले रातो कार्ड पाएपछि आरसीटी १० खेलाडीमा समेटियो ।

खेलको ८३ औं मिनेटमा विश्व थापाले गोल गर्दै आरसीटीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा अजितले व्यक्तिगत दोस्रो गोल गर्दै आरसीटीलाई ४–२ को जित दिलाए । जितसँगै आरसीटीले ७ खेलमा ९ अंक जोडेको छ । नयाँबस्तीले ७ खेलमा ११ अंक जोडेको छ ।

यस्तै बिहीबार नै भएको अर्को खेलमा ब्वाइज युनियन क्लबले फराकिलो जित निकालेको छ । युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । ब्वाइज युनियनको जितमा विनोद राईले ह्याट्रिक गरे । टंक बहादुर स्याङतानको नाममा एक गोल रह्यो ।

ब्वाइज युनियनले ७ खेलमा ११ अंक जोडेको छ । झम्सिखेल ७ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १० : ०१ बजे

थप चार उद्योग निजीकरण गर्दै सरकार

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ

अर्थमन्त्रीको जवाफ- लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार बजेट आएको हो

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म

सभामुखको भूमिकामा प्रश्न उठाउँदै कृष्णगोपालले रामहरिलाई भने- तपाईंसँग नैतिकता छैन, यो कुर्सी छोड्नुस्

काठमाडौं- संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत निर्णयसहित

सुदूरपश्चिम प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को

अमेरिकामा जासुसी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

वासिङ्टन– जासुसी गरेको र गुप्तचर सेवामा काम गर्न अमेरिकी नौसेनाका