कोभिसिल्ड : प्रभावकारिता बढाउन दोस्रो खोप अनिवार्य ! « Khabarhub

कोभिसिल्ड : प्रभावकारिता बढाउन दोस्रो खोप अनिवार्य !


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा गत पुस १४ गते कोभिड विरुद्ध पहिलो चरणको खोप लगाउन शुरू भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ दिन अर्थात् यही बुधबारसम्ममा देशभर ४ लाख २८ हजार जनाले खोप लगाइसकेका छन् ।

हामीमध्ये कतिपयले कोभिड विरुद्धको पहिलो डोज लगाइसक्यौँ । सामाजिक सञ्जालमा कोभिसिल्डको निकै चर्चा पनि भयो ।

खोप लगाइसकेपछि धेरैलाई विभिन्न लक्षण देखिए । खोप लगाएको भाग सुनिने, दुख्ने, रातो हुने, टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्ने र जोर्नी दुख्नेजस्ता समस्या देखिएको भन्दै धेरैले गुनासो गुनासो गरे।

कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप यही फागुन २३ गते शुरू हुँदैछ । यसअघि सरकारले पहिलो डोज लगाएको चार हप्तामा दोस्रो डोज लगाउने भनेको थियो ।

गत शनिबार ‘कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समिति’ले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिन मन्त्रालयलाई सुझाव दिएको थियो ।

स्वास्थ्य मन्त्रालयले समितिको सल्लाहअनुसार नै दोस्रो खोप दिने निर्णय गरेको छ ।

प्रभावकारिता बढ्छ

दोस्रो खोप ८ देखि १२ हप्तासम्ममा लगाउँदा प्रभावकारिता बढ्ने विशेषज्ञको भनाइ छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हामीले प्रयोग गरिरहेको कोभिसिल्डको दोस्रो खोप २८ दिन अथवा चार हप्तामा लगाउने भनिएकोमा ८ देखि १२ हप्तासम्ममा लगाउँदा खोपको प्रभावकारिता अझै बढ्ने देखिएको छ ।

कतिपयमा पहिलो खोप लगाउँदा देखिएका सामान्य समस्याका कारण दोस्रो खोप लगाउने कि नलगाउने अन्योल पनि देखिएको छ । डा. पुन भन्छन्, ‘दुई पटक लगाएर अनुसन्धान गरिएको छ । दुई पटक लगाउँदा हामीलाई पूर्णतया प्रतिरक्षा गर्छ भनिएको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन दोस्रो खोप अनिवार्य लगाउनुपर्छ ।’

उनका अनुसार एक खोप मात्र लगाउँदा पनि हाम्रो शरीरमा प्रतिक्रिया जनााउला, विस्तारै एनटिबडीहरू बढाउला तर दोस्रो खोप लगाएपछि पूर्ण हुन्छ ।

डा. पुन भन्छन्, ‘कोभिड निको भइसकेका व्यक्तिमा एउटै डोजले पनि राम्रो एन्टिबडी बनाउँछ तर त्यो कति लामो समयसम्म रहन्छ भन्ने थाहा छैन, विज्ञहरू यसबारे अनुसन्धान गरिरहेकै छन् ।’

दोस्रो खोपपछि कति सुरक्षित !

कोभिड भ्याक्सिन आपतकालीन प्रयोगका लागि हो । डा. पुनका अनुसार दोस्रो खोप लगाएपछि लामो समयसम्म सुरक्षा दिने विश्वास गरिएको छ ।

हाल नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड खोप अक्र्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेका कम्पनीले विकास गरेका हुन् । त्यही खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।

भारतले नेपाललाई अनुदान गरेको दश लाख कोभिसिल्ड खोप पनि त्यही हो । नेपालले भारतसँग किनेको थप २० लाख खोप पनि आइपुगेको छ ।

डा. पुनका अनुसार केही अध्ययनले दोस्रो खोप लगाएपछि ८० प्रतिशतसम्म सुरक्षित हुने कुरा उल्लेख गरेका छन् । कोरोना संक्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने सम्भावना कम हुन्छ भनिएको छ । खोप लगाएपछि कहिल्यै पनि कोभिड हुँदैन भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

खोप लगाइसकेपछि पनि स्वास्थ्य मापदण्ड पालना गरिरहन उनको सुझाव छ ।

दोस्रो खोपमा कस्तो लक्षण देखिएला !

धेरैलाई पहिलो खोप लगाउँदा सामान्य लक्षणहरू देखिए । ‘शरीरमा सुई हानेर ज्वरो नै निकालियो’ भन्दै कतिपयले सामाजिक सञ्जालमा लेखे ।

दोस्रो खोप लगाउँदा कस्तो समस्या देखिएला ? डा. पुन भन्छन्, ‘पहिलो डोज लगाउँदा कतिपयले रातभर सुत्नै नसकेको भन्दै गुनासो पनि गरेका थिए तर दोस्रो डोज लगाउँदा पनि त्यस्तै लक्षण देखिन्छ भन्ने छैन । सबैलाई एउटै समस्या देखिँदैन ।’ ढुक्क भएर खोप लगाउन उनको सुझाब छ ।

डा. पुनका अनुसार कोभिसिल्डको पहिलो डोज लगाउँदा एक जना व्यक्तिलाई ४८ घण्टामा उच्च ज्वरो आएको र दोस्रो डोज लगाउँदा सामान्य अवस्था रहेको कुरा अनुसन्धानमा रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १२ : १५ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष