पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने | Khabarhub Khabarhub

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ ।

यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिने छ ।

सो प्रणालीबाट भेटी दान दिँदा दुरुपयोग हुने सम्भावना नहुने जनाइएको छ । यसबाट पशुपतिनाथका नाममा प्राप्त हुने दान, दक्षिणा पनि पारदर्शी हुने विश्वास गरिएको छ ।

कोष र बैंक अफ काठमाडौँ लिमिटेडको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रका चार स्थानमा ‘क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्ने सम्बन्धी आज सम्झौता समेत भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कार्यको शुभारम्भ गर्दै देशभर यो प्रणालीको विकास गरिनुपर्ने बताए । देशभर यो चेतना बढाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए । कोषका सदस्य सचिव डा प्रदीप ढकालले सामान किनमेल गर्दा पैसा दिने प्रणाली हुँदा कतिपय अवस्थामा पैसा फिर्ता लिन मन नलाग्ने अवस्थाबाट प्रविधिले मुक्ति दिएको बताए ।

एकपटक रु २०० को सामान किन्दा पसलेले रु ३०० फिर्ता दिनुपर्नेमा उनीसँग खुद्रा पैसा नभएर मासु पसलमा साट्न गएपछि आफू फिर्ता नलिई हिँडेको घटना उनले सुनाए ।

बैंक अफ काठमाडौँ लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले देशका अन्य मठमन्दिरमा पनि यो सेवा पुर्‍याइने जानकारी दिए । बैंकले बालाजुस्थित माछापोखरीको तरकारी बजारमा यही प्रणालीबाट भुक्तानीको व्यवस्था गर्न लागेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  २ : २९ बजे

कमल थापाको कार्यक्रममा राजेन्द्र लिङ्देन पनि, अरू को-को पुगे ? (तस्बिरहरू)

काठमाडौं- पछिल्लो एक महिनायता एकपछि अर्को राजावादी समूह र दलले

पोखरा-मुग्लिन सडक अन्तिम चरणमा

 गण्डकी– निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब

मकवानपुरका बहुवर्षीय योजनाहरू अन्तिम चरणमा

बागमती – बागमती प्रदेश सरकारद्वारा मकवानपुरमा सञ्चालित तीन वटा बहुवर्षीय

सहकारी पीडितले सरकारको विरोधमा निकाले अर्धनग्न जुलुस

काठमाडौं- लामो समयदेखि आन्दोलित सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा

शिक्षक आन्दोलनबारे माओवादीसहितका प्रतिपक्षले संसद्‍मा लगे जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं– काठमाडौं- नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले नेपाल शिक्षक महासंघको