भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’जडान « Khabarhub

भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’जडान


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पहिलोपटक पर्वतमा भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो ।

स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान गर्ने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दामाथिका सबै भूकम्पको मापन तथा रेकर्ड रहनेछ ।

लोजान युनिभर्सिटीले विभिन्न देशको सहकार्यमा नेपालमा जडान गरिरहेका २३ ‘सिस्मोमिटर’को जडानको काम सोही विश्वविद्यालयमा सिस्मोलोजी अर्थात् भूकम्प अध्ययनसम्बन्धी विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीले गरिरहेका छन् । विद्यालयमा ‘सिस्मोमिटर’जोडेमा मुख्य गरी विद्यार्थीले भूकम्पको बारेमा जान्ने र बुझ्ने अवसर पाउने भएका कारण विद्यालयमै यन्त्र जडान गरिएको उनले बताए ।

नेपाली वैज्ञानिक सुवेदीका अनुसार एक ठाउँमा यो ‘सिस्मोमिटर’ जडान गर्न कम्तीमा पनि एक लाखभन्दा बढी खर्च हुन्छ । विद्यालयमा यन्त्र जडान गरेपछि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई भूकम्पका बारेमा अध्ययन गर्न र अन्य विषय अध्ययन गर्ने विद्यार्थी पनि यस विषयमा जानकार हुन पाउने विद्यालयका प्रधानाध्यापक राजकुमार शर्माको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ११ : ५१ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी