कहाँ कहाँ कटौती हुँदैछ विद्युत ? (सूचीसहित) « Khabarhub

कहाँ कहाँ कटौती हुँदैछ विद्युत ? (सूचीसहित)


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले आज पनि ठाउँठाउँमा विद्युत कटौती गरेको छ ।

मर्मतसम्भारका लागि भन्दै प्राधिकरणले नियमितजसो विद्युत कटौती गर्दै आएको छ ।

आज (शनिबार) काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुँदैछ । कतै विद्युत कटौती भइसकेको छ भने कतै कटौती हुन लागेको छ ।

नेपाल विद्युत प्राधिरकणका अनुसार काठमाडौं उपत्यकाका केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले विद्युत आपूर्ति बन्द हुँदैछ ।

प्राधिकरणले कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम हुने जनाएको छ । जसले गर्दा कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ।

यस्तै, काठमाडौंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, परीक्षा नियन्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालय क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने छ ।

यस्तै महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका शिवपुरी फिडर, बासबारी फिडर र सामाखुशी फिडर अन्तर्गतका क्षेत्रमा पनि आज दिउँसो विद्युत कटौती हुँदैछ ।

प्राधिकरणका अनुसार शिवपुरी फिडर अन्तर्गतका डाँडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पँचेटार, मेगासिटी, ढलमलटार लगायतका स्थानमा दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म वत्ती हुनेछैन ।

बासबारी फिडर अन्तर्गतका महाराजगञ्ज, कपनमार्ग, पिपलवोट, गंगालाल अस्पताल लगायतका क्षेत्रमा पनि दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

सामाखुशी फिडर अन्तर्गतका बानियाँटार, इन्द्रेणी पुल, गोँगबु, सामाखुशी, भण्डारीटोललगायतका क्षेत्रमा बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

यस्तै पुल्चोक वितरण केन्द्र अन्तर्गत झम्सिखेल एरियामा पनि ११ केभी विद्युत लाइनको फ्यूज परिवर्तन गर्नु पर्ने भएकाले ९ बजेदेखि विद्युत कटौती भएको छ । फ्यूज परिवर्तनको काम सकिनेवित्तिकै पुल्चोक, कुवाटार, ठाडोढुंगा, हरिहर भवन लगायतका क्षेत्रमा साढे १० बजेसम्म विद्युत आउने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ३५ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के