विकासशील राष्ट्रमा स्तरोन्नतीका लागि नेपाल सिफारिस | Khabarhub Khabarhub

विकासशील राष्ट्रमा स्तरोन्नतीका लागि नेपाल सिफारिस


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसीले नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।

अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि कमिटीले पाँच वर्षको समयावधि दिने पनि निर्णय गरेको छ । यस अवधिमा नेपालले आवश्यक सबै मापदण्ड पूरा गर्नु पर्नेछ ।

यही फ्रेब्रुअरी २२ देखि २६ सम्म चलेको मूल्याङ्कनबाट सीडीपीले नेपाललाई विकासशिल राष्ट्रका लागि सिफारिस गरेको हो ।

नेपालले प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकको मापदण्डमध्ये दुई वटा मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि योग्य भएको हो ।नेपालसँगै सीडीपी लाओस् र बंगलादेशलाई पनि विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको छ ।

 

नेपालले सन् २०१५ र सन् २०१८ को त्रिवर्षीय मूल्यांकनका क्रममा नै स्तरोन्नतिका लागि योग्यता पुर्‍याइसकेको थियो । तर सन् २०१५ को भूकम्पको असरले स्तरोन्नति हुने समय केही वर्ष धकेलिएको थियो ।

सन् २०२२ मै स्तरोन्नति भए पनि नेपालले अल्पविकसित देशले पाउने सुविधाहरू भने सन् २०२६ सम्म नै उपयोग गर्न पाउँनेछ ।

विकासशील राष्ट्रमा रूपान्तरण भएपछि नेपालले विकसित देशका बजारमा उपयोग गरीरहेको भन्सार र कोटारहित सुविधा साथै द्विपक्षीय अनुदान सहायता र सहुलियत ऋणको सुविधा गुमाउनेछ ।

बहुपक्षीय विकास साझेदारहरूबाट प्राप्त हुने सहुलियत ऋण भने कायमै रहने विज्ञहरू बताउँछन् ।

सीडीपीले सिफारिश गरेपनि यसलाई संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदले स्वीकृत गर्न बाँकी छ । यसवर्ष हुने संयुक्त राष्ट्रसंघको महासभाले स्तरोन्नति हुने विषयलाई जानकारीमा लिएपछि आवश्यक प्रकिया अघि बढाउनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ५१ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको