आगलागीबाट जोगाउन तीनसय सुरक्षित घर बनाइदै « Khabarhub

आगलागीबाट जोगाउन तीनसय सुरक्षित घर बनाइदै


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर (फुस) को छाना भएको घर हटाइने भएको छ । छ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउन लागिएको हो । बाँके क्षेत्र नं १ का सङ्घीय सांसद महेश्वरजङ्ग गहतराज (अथक)को अध्यक्षतामा हालै सम्पन्न सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले नरैनापुर गाउँपालिकामा ३ सय वटा टिनले छाएको घर बनाउने निर्णय गरेको हो ।

पाँच नं प्रदेशकै पिछडिएको गाउँपालिकामा सूचीकृत उक्त गाउँपालिकाको प्रत्येक वडामा ५० वटाका दरले छ वटा वडामा ३ सय बनाउनका लागि प्रत्येक वडाले यसै हप्ताभित्र १० दिने सूचना जारी गरी निवेदन माग गर्ने र मापदण्डअनुसार ३ सय घर छनोट गरी कार्यक्रम अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए ।

सङ्घीय सांसद गहतराज संयोजक रहेको उक्त समितिमा जिल्ला समन्वय समितिको सभापतिमा अजय श्रीवास्तव तथा सदस्यहरूमा गाउँपालिका अध्यक्ष अध्यक्ष साह र सङ्घीय आयोजना कार्यान्वयन एकाइ प्रमुख अथवा आयोजा प्रमुख रहेका छन् ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ४० किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको उक्त गाउँपालिकामा अधिकांश घर फुसले छाएका छन् । फुसको छाना भएका बस्तीमा एक घरमा आगो सल्किदा गाउँनै ध्वस्त हुने समस्या रहेकाले फुसको छानो हटाउने अभियानमा लागेको सांसद गहतराजले बताए।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  १ : ४१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा