अनुहारको दाग हटाउने ७ टिप्स « Khabarhub

अनुहारको दाग हटाउने ७ टिप्स


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको व्यक्तित्वमा उसको अनुहारको ठुलो भूमिका हुने गर्दछ । झट्ट हेर्दा सफा, राम्रो र चम्किलो अनुहारले सबैलाई प्रभावित पार्दछ ।

कतिपय अवस्थामा अनुहारमा आएका दागका कारणले मानिसको सुन्दरतामा ह्रास ल्याउदछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन घरभित्रै केही उपाय अपनाउन सकिन्छ ।

१. घ्यूकुमारी
घ्युकुमारी छालाको समग्र सुन्दरताकालागि उपयोगी मानिन्छ । यसको गुदीलाई नियमित दाग आएको भागमा लगाई ४५ मिनेटपछि धुने गरेमा एक महिना भित्रै सुधार देख्न सकिन्छ ।

२. चन्दन
चन्दनलाई घोटेर गुलाबजल अथवा दूधसँग मिसाई यसको तयार लेपलाई दाग भएको ठाउँमा दल्नाले र एक घण्टापछि पखाल्ने दाग हराएर जान्छ ।

३. स्ट्रबेरी
पाकेको स्ट्रबेरीको लेप बनाई नियमित दाग भएको ठाउँमा लगाई १५ मिनेटपछि चिसो पानीले धुने गरेमा केही साताभित्रै अनुहारको दाग हराउँदै जान्छ ।

४. खरबुजा
खरबुजाको रस निकालेर त्यसमा चामलको लेप मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ ।

५. मेवा
पाकेको मेवालाई दाग भएको ठाउँमा नियमित हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले अनुहारको दाग हराएर जान्छ ।

६. कागती
दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि धोएमा दाग हराउँदै जान्छ । तर यसको नतिजा देखापर्न २/३ महिनासम्म लाग्न सक्छ ।

७. बदाम
बदामलाई पानी वा दूधमा १२ घण्टा भिजाई यसको बोक्रा फालेर बनाइएको लेपलाई गुलाबजलसँग मिसाएर दाग भएको ठाउँमा दलेर केहीबेरमा धोएमा दाग हराउँदै जान्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १ : ५२ बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता