धार्मिक मान्यता : शनिबार यी ३ कुरा देख्दा शुभ हुन्छ | Khabarhub Khabarhub

धार्मिक मान्यता : शनिबार यी ३ कुरा देख्दा शुभ हुन्छ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिबारलाई हिन्दू धर्मालम्बीहरु हनुमानजीका साथै न्यायका देवता शनिदेवको दिनका रुपमा मान्दछन् । त्यसैले हिन्दूहरु शनिवार कुनै गल्ती गर्नबाट बच्दछन् ताकि हनुमानजीका साथै शनिदेव कृपा बनिरहोस् । शनि र शनिवारलाई मानिसहरु त्यति शुभ मान्दैनन् ।

अधिकाशं मानिस यस दिन र शनि देवतासंग डराउने गर्दछन् । तर शनिदेव केवल ति मानिसलाई मात्र सजाय दिन्छन् जो दृष्ट छ र जसबाट गल्ती हुन्छ । अन्यथा गरीब र वृद्धसंग दयाभाव राख्ने र सहयोग गर्ने मानिस उपर शनिदेवको कृपा रहने धार्मीक मान्यता छ । साथै हनुमानजीका भक्त उपर शनिदेवबाट कुनै प्रकारको कष्ट नहुने मान्यता छ । त्यसैले शनिबार हिन्दूहरु शनिका साथै हनुमानजीको आराधना गर्दछन् ।

धार्मिक मान्यता अनुसार शनिवारका दिन सबेरै बिहान यी ४ चिज देख्नु शुभ मानिन्छ । यदि निम्न ४ चिज बिहानै देखेमा शनिवार शुभ हुने र शनिदेवको कृपा रहने मान्यता छ ।

१. निर्धन व्यक्ति
ज्योतिषशास्त्र अनुसार शनिबार सबेरै निर्धन व्यक्ति वा भिखारी घर वा ढोकाको सामुन्ने वा सडकमा हिड्दै गरेको देखेमा यसलाई शुभ संकेत मानिन्छ । शनिवारका दिन यस्ता व्यक्ति ति स्थानमा देखेमा दान दिई उनिहरुको मद्दत गर्नुपर्ने धार्मीक मान्यता छ । यसो गर्नाले शनिदेव प्रसन्न हुने र भाग्य बदलिने गर्दछ । तर यदि शनिवार भूलेर पनि कुनै गरीब वा भिखारीको निरादर गरे वा क्षमता भएर पनि सहयोग नगरेमा शनिको प्रकोप सामना गर्नुपर्ने धार्मीक विश्वास रहेको छ ।

२. सफाई कर्मचारी
यदि शनिबारका दिन बिहानै सडकमा सफाई कर्मचारी कुचो लगाउदै गरेको देखेमा यसलाई पनि शुभ संकेत मानिन्छ । यस्तोमा ति सफाइ कर्मचारीले ग्रहण गर्न मानेमा केहि धन वा कालो रंगको कपडा दिनु शुभ मानिन्छ । तर यसले उनिहरुको आत्मसम्मानमा ठेस भने पुग्नु हुदैन । यदि यसरी दान गर्न सकेमा शनिदेवको कृपा रहने र जुन कार्यकालागी घरबाट निस्कनु भएको हो सो कार्यमा सफलता प्राप्त हुने धार्मीक मान्यता छ ।

३. कालो कुकुर
शनिवारको दिन कालो कुकुर देख्नु अत्यन्त शुभ मानिन्छ । यो शुभ र मंगलकारी समयको संकेत हो । कुकुर शनिदेवको वाहन हो । यस्तोमा शनिवार कालो कुकुर देखिएमा तेल वा घिउमा पकाएको रोटी वा बिस्कुट जुठो नपारी ति कुकुरलाई ख्वाएमा केवल शनिदेव मात्र होइन राहु केतु पनि प्रसन्न हुने धार्मीक मान्यता छ । यस दिन भुलेर पनि कालो कुकुरलाई नपिट्नु होला ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ५७ बजे

क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि

यी हुन् भारतीय कारवाहीमा मारिएका पाँच ‘वरिष्ठ’ आतंककारी, अन्त्येष्टिमा पाकिस्तानी सैनिक पनि उपस्थित

काठमाडौं- पाकिस्तानमा गरेको सैन्य कारवाहीका क्रममा ५ जना वरिष्ठ आतंककारी

वन क्षेत्रको संरक्षण बढाएका छौँ, सालघारी फँडानी रोकिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको

‘जलवायु संकट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने’

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शपथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद