आधुनिक सडक बत्ती जडान गरिँदै « Khabarhub

आधुनिक सडक बत्ती जडान गरिँदै


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ ।

महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी दुई महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ती जडान शुरु हुने महानगरको शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए ।

गत मङ्सिर २५ गते महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर गरेसँगै प्रक्रिया अघि बढाइएको हो । प्रमुख उज्यालो अभियानअन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका करीब ८० स्थानमा बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती (हाइमास्ट लाइट) जडान गर्ने लागेको हो ।

सडकमा करीब एक हजार ७५० आधुनिक बत्ती जडान गर्न महानगर र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहनेछ । जहाँ महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ ।

प्रमुख थापाका अनुसार पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिने छ ।

पुतलीसडकदेखि बालुवाटारसम्म र त्रिभूवन विमानस्थलदेखि हायत होटलसम्म पनि पहिलो चरणमै जडान गरिनेछ । थापाले नयाँ बानेश्वर, माइतीघरलगायतका स्थानमा अहिलेकै खम्बा प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने बताए । पहिलो चरणको बत्ती जडानका लागि रु ११ करोड खर्च हुने भएको छ ।

नयाँ पोल थप्नुपर्ने स्थानमा स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण सडक विभागले गर्ने पनि सहमति भएको छ । अहिले काठमाडौँका मुख्य सडक राष्ट्रपति कार्यालय आसपासका सडक, कालिमाटीका सडकमा बत्ती नहुँदा पैदल यात्रु र सवारी चालकले समस्या भोगिरहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  २ : ३५ बजे

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको