काभ्रे रेडियो–टिभी प्रसारक मञ्च गठन « Khabarhub

काभ्रे रेडियो–टिभी प्रसारक मञ्च गठन


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक रेडियो–टेलिभिजन प्रसारक मञ्च गठन गरिएको छ । मञ्चको आज वाग्मती सञ्चार रजिष्ट्रार रेवती सापकोटाले आज एक कार्यक्रमबीच औपचारिक शुभारम्भ गरे ।

मञ्च शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले सञ्चारमाध्यम र सञ्चारकर्मीले आफूलाई समयानुकूल गुणस्तरमा परिमार्जन गर्न सके मात्रै स्थापित हुने दाबी गरे ।

“रोबोटले समाचार वाचन गर्ने प्रविधिको विकास हुन धेरै टाढाको समय छैन, सञ्चार जगत्ले समय र प्रविधिअनुकूल परिमार्जन नभए स्थापित हुन निकै गाह्रो हुन्छ”, उनले भने ।

उनले रजिष्ट्रार कार्यालयले प्रदेश सरकारबाट सञ्चारमाध्यमलाई सहयोग गर्ने कार्यविधि तयार गरिसकेको उल्लेख गर्दै वाग्मती प्रदेशभित्र हाल २०० रेडियो र ४० टेलिभिजन सञ्चालनमा आएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पत्रकार महासङ्घ वाग्मती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घका अध्यक्ष शङ्कर अधिकारी, पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्ष मोतीराम तिमल्सिना तथा पूर्व जिल्लाध्यक्ष भोला थापा, महोश पौडेल र नारायण सापकोटालगायतले मञ्चप्रति शुभकामना व्यक्त गरे ।

रेडियोकर्मी सचित खड्काको अध्यक्षतामा गठित मञ्चको उपाध्यक्षमा रमेश न्यौपाने, महासचिव रामकृष्ण बञ्जारा, सचिव राजन दाहाल, कोषाध्यक्ष सम्झना हुमागाईँ तथा सदस्यमा कर्मा लामा, चन्द्रबहादुर लामा, समीर भण्डारी, राधिका कँडेल र महेश थिङ छन् ।

मञ्चमा हाल काभ्रेपलाञ्चोकको आठ रेडियो र एक टेलिभिजन आबद्ध रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ५७ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के