उपेन्द्र यादवको महंगो विदेश भ्रमण, राज्यकोषबाट साढे २५ लाख खर्च « Khabarhub

उपेन्द्र यादवको महंगो विदेश भ्रमण, राज्यकोषबाट साढे २५ लाख खर्च


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको विदेश भ्रमणमा मात्रै राज्यकोषबाट साढे २५ लाख रुपैयाँ खर्च भएको छ ।

मन्त्री यादव भदौ, असोज र कात्तिक महिनामा ५ देशका विभिन्न कार्यक्रममा सहभागी हुन गएका थिए ।

जस क्रममा मन्त्री यादवले राज्यकोषबाट २५ लाख ४८ हजार रुपैयाँ सकेका अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार मन्त्री यादव कात्तिक ८ र ९ गते काजकस्तानको अगस्तानामा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि त्यहिँबाट उनी स्वीट्जरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा सहभागी हुन गए । मन्त्री यादवले यी दुई कार्यक्रममा सहभागी हुँदा १३ लाख ६३ हजार २ सय ६२ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, भदौ १६ र १७ गते भारतको दिल्लीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदा मन्त्री यादवले ४ लाख २० हजार ५ सय ३० रुपैयाँ खर्च भएको छ ।

असोज २३ र २४ गते वेलायतको लण्डनमा आयोजित कार्यक्रममा सहभागी हुँदा मन्त्री यादव नेतृत्वको टोलीले ५ लाख ४ हजार ३ सय ११ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, असोज १० र ११ गते अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रम हुँदा २ लाख ६० हजार ७ सय ६२ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ३ : ३३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको