विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नेत्रविक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका–३ बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहका अनुसार पक्राउ पर्नेमा सिरहा/सप्तरी जिल्ला सदस्य राजविराज नगरपालिका–४ का उदय उपनामका उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले जनविद्रोह लेखिएको किताब, वीर मधेशी लेखिएको किताब, युवा सङ्गठन नेपालको साधारण सदस्यता ठेली, युवा सङ्गठन नेपाल विशेष आर्थिक सहयोगको पत्र, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगको पत्र, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय समिति लेखिएको पर्चा, नेकपा जिल्ला सप्तरीको मिति २०७७ असार १६ गतेको पर्चालगायत चार थान मोबाइल बरामद गरेको बताइएको छ ।

सप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग गर्ने, धाकधम्की दिने गरेको सूचनाका आधारमा अनुसन्धानपश्चात उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ७ : १५ बजे

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै 

काठमाडौं– परिवारसँग सम्बन्धित विषयका बारेमा जागरुकता बढाउन र परिवारहरूलाई असर

दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने : रहमानलाई अवसर

काठमाडौं – अस्ट्रेलियाका ब्याटर ज्याक फ्रेजर म्याक गुरुकले आईपीएलका बाँकी

स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल

काठमाडौं – स्पेनिस ला लिगाको बुधबार राति भएको खेलमा रियल