क्यान्सर पीडितलाई रु १८ लाख उपचार खर्च « Khabarhub

क्यान्सर पीडितलाई रु १८ लाख उपचार खर्च


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– अर्बुदरोग (क्यान्सर) बाट पीडित बागलुङको गलकोट नगरपालिका–४ की ४७ वर्षीय दुर्गा सुवेदीलाई विभिन्न सङ्घसंस्थाले रु २० लाख उपचार खर्च सहयोग गरेका छन् ।

प्रवासमा गठन भएका विभिन्न सङ्घ संस्थाले सुवेदी बचाऊ अभियान सञ्चालन गरेर सङ्कलन भएको रकम हस्तान्तरण गरेका हुन् ।

प्रवासमा रहेका नागरिकको सामाजिक संस्था गलकोट समाज जापान, गलकोट स्पोर्टस् क्लब जापान, गलकोट समाज क्षेत्रीय समिति कान्तो जापान, खरुवा समाज जापान, गलकोट नुवाकोट समाज जापान बागलुङ समाज जापानलगायत संस्थाले अभियानमा ऐक्यबद्धता जनाउदैँ सुवेदीको उपचारमा सहयोग गरेको निलुवा समाज चमुवा जापानका अध्यक्ष थमबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रवासमा रहेका नागरिक तथा स्वदेशका विभिन्न्न ठाँउका नागरिकको सहयोगबाट करिब रु १८ लाख ४० हजार ८०१ सङ्कलन भएको अध्यक्ष क्षेत्रीले बताए ।

उक्त रकम गलकोट नगरपालिका–४ मा अवस्थित निलुवा पर्यटकीय क्षेत्र प्रर्वद्धन समितिमार्फत हस्तान्तरण गर्ने तयारी गरी सहयोग रकम पठाएलगत्तै शुक्रबार क्यान्सरपीडित दुर्गा सुवेदीलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : २० बजे

सिरहामा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका