खुलामञ्चका सटरमा डोजर चल्यो, पसलेले सामान निकाल्न भ्याएनन् « Khabarhub

खुलामञ्चका सटरमा डोजर चल्यो, पसलेले सामान निकाल्न भ्याएनन्


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खुलामञ्च अतिक्रमण गरी निर्माण गरिएका सटरमा महानगरपालिकाले डोजर चलाएको छ ।  अवैध रुपमा निर्माण गरिएका ४० वटा सटरमाथि शनिवार महानगरले डोजर चलाएको हो ।

खुलामञ्च अतिक्रमण गरी सटर निर्माण गरिएको भन्दै व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले डोजर चलाउने निर्णय गरेको थियो ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको समाचारहरु बाहिरिएपछि भएपछि चौतर्फी विरोध भएको थियो ।

महानगरपालिकाले सडट भत्काउन शुरु गरेसँगै खुल्लामञ्चमा रहेका पसलेहरु सामान संकल गर्न थालेका थिए ।

कतिपय पसलेहरुले भने पर्याप्त सूचना विना नै महानगरले डोजर चलाएको भन्दै आक्रोश पोखिरहेका थिए ।

डोजर चलाउने भएसँगै खुल्लामञ्चमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । सर्वसाधारणलाई भित्र प्रवेश गर्न दिइएको थिएन ।

महानगरले डोजर चलाउँदा कसैले अवरोध गरेका थिएइनन् । बरु पसलेहरु आफ्नो समान संकलनका लागि लागेका थिए । शनिवार भएका कारण केही पसलहरु बन्द थिए । उनीहरुको सटर भत्किएपछि सामानहरु यताउति छरिएको अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  २ : १० बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी