रोनाल्डोको गोलमा युभेन्ट्सको बराबरी « Khabarhub

रोनाल्डोको गोलमा युभेन्ट्सको बराबरी


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स अंक बाड्न बाध्य भयो ।

खेलको ४९औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाए पनि  ७७औँ मिनेटमा एन्टोनियो बाराकले गोल गर्दै हेलास भेरोनालाई हारबाट जोगाए ।

बराबरीसँगै युभेन्ट्सले शीर्ष दुई टोलिसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ । युभेन्ट्स २३ खेलबाट ४६ अंकसहित तेस्रो स्थानमा छ ।

भेरोना ३५ अंकसहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ८ : ४९ बजे

आहा ! एन्जेलिया, पर्यटक भन्छन्- यतै बसिरहूँ लाग्यो

इलाम– ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ ।

बीपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

काभ्रे– बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि

एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै

काठमाडौँ– नेकपा एमालेले आज सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरुसँग छलफल गर्दैछ

चरा अवलोकनका लागि हेटौँडा उपयुक्त गन्तव्य (तस्बिरहरू)

मकवानपुर– चराहरूको अवलोकन गर्न टाढा जंगल वा संरक्षित क्षेत्रमा पुग्नुपर्छ