अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्री बीच भेटवार्ता « Khabarhub

अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्री बीच भेटवार्ता


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जे आबेबीच अमेरिकामा भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा शुक्रबार भएको भेटवार्तामा उहाँहरुले दुई पक्षीय हित, व्यापार तथा अन्य विविध विषयमा छलफल गरेका हुन् । भेटवार्ता हुनु अगाडी ट्रम्प र आबेले पत्रकारहरुसँगको कुराकानीमा व्यापार सम्झौताको तयारी भएको बताएका थिए । त्यसैका लागि जापानी प्रधानमन्त्री आबे ह्वाईट हाउस आएको उनीहरुको भनाई थियो ।

ट्रम्पले वासिङ्टन र टोकियोबीच विगतको सम्वन्धमा थप सुधार गर्दै दिर्घकालिन सम्झौता हुन लागेको पनि बताए । विश्वका प्रभावशाली दुई देशका यी शिर्ष नेताबीच सिमा शुल्कका बारेमा भने अहिले पनि मतान्तर नै रहेको छ । चीनमा विश्व नेताहरुको सम्मेलन भइरहेका बेला भएको ट्रम्प र आबेको भेटवार्तालाई विश्वभरी नै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  २ : ५५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको