शोधनान्तर स्थिति दबाबमा रहेपनि आर्थिक क्रियाकलापले गति लिँदै | Khabarhub Khabarhub

शोधनान्तर स्थिति दबाबमा रहेपनि आर्थिक क्रियाकलापले गति लिँदै


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शोधनान्तर स्थिति दबाबमा रहेपनि मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै समष्टिगत रुपमा आर्थिक क्रियाकलापले गति लिन थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहल कदमीको परिणामस्वरूप वित्तीय पहुँच विस्तार भई कृषि, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा कर्जा प्रवाह बढेको तथा उतारचढावका बाबजुद पूँजी बजारका गतिविधिसमेत स्थायित्व उन्मुख रहेकाले आशा लाग्दो अवस्था देखिएको हो ।

भुक्तानी प्रणालीलाई समेत आधुनिकीकरण गर्ने दिशामा अगाडि बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकको समग्र विकासमा सहयोग पु¥याउन उच्च, समावेशी र दिगो आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्व कायम गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए ।

उच्च आर्थिक वृद्धि हासिल गर्ने क्रममा समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै अगाडि बढ्नु पर्ने चुनौती भने कायमै रहेको उनको भनाइ थियो । समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधन उत्पादनशील क्षेत्रतर्फ निर्देशित गर्ने, वित्तीय उपकरण एवं पूर्वाधारको समयसापेक्ष विकास गर्ने र वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ नेपाल राष्ट्र बैंक केन्द्रित रहेको जनाइएको छ ।

राष्ट्र बैंकको ६४औँ वार्षिकोत्सवका अवसरमा आज मुलुकको वित्तीय अवस्थाबारे जानकारी दिँदै गभर्नर डा नेपालले कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सूधार, पुनःनिर्माणले लिएको गति तथा पर्यटन क्षेत्रको प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखिएको जिकिर गरे ।

तीन वर्ष लगातार औसत सात प्रतिशतको आर्थिक वृद्धि हुनुले नेपालको उत्पादन सम्भाव्यता बढेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा समेत सात प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए ।

राष्ट्र बैंकले दिएको तथ्याङ्कमा विसं २०७५ चैत मसान्तसम्ममा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति रु १७ अर्ब २९ करोडले बचतमा रहेको तथा सङ्घीय सरकारको कूल खर्च रु ५९६ अर्ब ६२ करोड र चालु खर्च रु ४४७ अर्ब ५५ करोड रहेको एवं पुँजीगत खर्च रु १०३ अर्ब ४९ करोड रहेको जनाइएको छ ।

विसं २०७५ चैत मसान्तसम्ममा बैंकिङ कारोबारमा आधारित राजश्व सङ्कलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) १९ दशमलव ५ प्रतिशतले वृद्धि भई रु ६०४ अर्ब ६० करोड पुगेको छ ।

समीक्षा अवधिमा चालु खाता रु १९१ अर्ब १२ करोड र शोधनान्तर स्थति रु ५८ अर्ब ९९ करोडले घाटामा रहेको जानकारी दिँदै डा नेपालले कूल विदेशी विनिमय सञ्चिति रु १०६१ अर्ब ७१ करोड कायम रहेको बाताउनुभयो । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव १ महीनाको वस्तु आयात र ७ दशमलव ९ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।

आर्थिक वर्ष २०७५/७६ को आठ महीनामा विस्तृत मुद्राप्रदाय ८.४ प्रतिशतले बढेको, बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.७ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले प्राथमिकताप्राप्त क्षेत्रतर्फ कर्जा बढाउने उद्देश्यले पुनरकर्जा सुविधाको उपयोगलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था मिलाई पुनरकर्जा कोषको सीमा वृद्धि गरी ब्याजदर स्थायित्व कायम गर्ने प्रयास गरेको छ ।

बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ब्याजदर र पूँजी बजारका विषय चुनौतीको रुपमा देखापरे पनि मुलुकको आर्थिक वृद्धि उत्साहजनक रहेको, मुद्रास्फीतिलाई लक्षित सीमामा नियन्त्रण गर्न सकिएको र उद्योगको क्षमता उपयोगमा वृद्धि भएकाले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ३ : ४७ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार