देश औद्योगिक क्रान्तिमा : मन्त्री नेम्वाङ « Khabarhub

देश औद्योगिक क्रान्तिमा : मन्त्री नेम्वाङ


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्ले राजनीतिक अस्थिरताका बावजुद देश औद्योगीक क्रान्ति तर्फ अघि बढेको बताएका छन् ।

झापाको कमल ७ को झर्काहमा चाईना नेपाल फ्रेण्डशिप ईण्ड्रियल पार्कको शिलान्यास समारोहमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईकै कारण यो सम्भव भएको पनि दावी गरे ।

उनले वर्तमान सरकारको ३ वर्षको अवधिमा ९१५ ओटा मोटरेवल पुल निर्माण भएको दावी गर्दै यो परिमाणमा कुनै पनि सरकारको पालामा नभएको जिकिर गरे ।

हुलाकी राजमार्गको पूर्वी खण्डको ४८ किलोमिटर खण्ड पूरा हुने भन्दै उनले मदन भण्डारी राजमार्गको पूर्वी खण्ड निर्माणका लागि ठेक्का प्रकृया अघि बढेको जानकारी दिए ।

धरानदेखि दमकको बेलडाँगीसम्मको ५३ किलोमिटर ठेक्काको प्रकृयामा रहेको र बेलडाँगीदेखि शान्तिनगरसम्मको ७६ किलोमिटर निर्माणको प्रकृया पनि अघि बढाईने दावी गरे । पूर्व पश्चिम रेल मार्ग निर्माणको काम नरोकिने दावी गर्दै यसको काम अघि बढाईने उनले बताए ।

कम्युनिस्ट आन्दालनको नेतृत्व ओलीबाट मात्रै : भट्ट

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व केपी शर्मा ओलीबाट मात्र सम्भव रहेको बताएका छन् । सोही कार्यक्रमलाई संवोधन गर्दै नेता भट्टले अहिले सडकमा उभिएर हामी यता छौं भन्नेहरुबाट नेपालको राजनीतिक र आर्थिक नेतृत्व सम्भव नभएको पनि तर्क गरे ।

प्रचण्ड–नेपाल समुहलाई लक्षित गर्दै मन्त्री भट्टले त्यहाँ रहेका तीन प्रधानमन्त्रीले कहिल्यै नदेखेको लिपुलेक र कालापानी ओलीले मात्र देखेको भन्दै साँचो राष्ट्रवादको सँग रहेको छ यसबाट पनि प्रष्ट हुने तर्क गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ३ : ४० बजे

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा