देश औद्योगिक क्रान्तिमा : मन्त्री नेम्वाङ | Khabarhub Khabarhub

देश औद्योगिक क्रान्तिमा : मन्त्री नेम्वाङ


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्ले राजनीतिक अस्थिरताका बावजुद देश औद्योगीक क्रान्ति तर्फ अघि बढेको बताएका छन् ।

झापाको कमल ७ को झर्काहमा चाईना नेपाल फ्रेण्डशिप ईण्ड्रियल पार्कको शिलान्यास समारोहमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईकै कारण यो सम्भव भएको पनि दावी गरे ।

उनले वर्तमान सरकारको ३ वर्षको अवधिमा ९१५ ओटा मोटरेवल पुल निर्माण भएको दावी गर्दै यो परिमाणमा कुनै पनि सरकारको पालामा नभएको जिकिर गरे ।

हुलाकी राजमार्गको पूर्वी खण्डको ४८ किलोमिटर खण्ड पूरा हुने भन्दै उनले मदन भण्डारी राजमार्गको पूर्वी खण्ड निर्माणका लागि ठेक्का प्रकृया अघि बढेको जानकारी दिए ।

धरानदेखि दमकको बेलडाँगीसम्मको ५३ किलोमिटर ठेक्काको प्रकृयामा रहेको र बेलडाँगीदेखि शान्तिनगरसम्मको ७६ किलोमिटर निर्माणको प्रकृया पनि अघि बढाईने दावी गरे । पूर्व पश्चिम रेल मार्ग निर्माणको काम नरोकिने दावी गर्दै यसको काम अघि बढाईने उनले बताए ।

कम्युनिस्ट आन्दालनको नेतृत्व ओलीबाट मात्रै : भट्ट

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व केपी शर्मा ओलीबाट मात्र सम्भव रहेको बताएका छन् । सोही कार्यक्रमलाई संवोधन गर्दै नेता भट्टले अहिले सडकमा उभिएर हामी यता छौं भन्नेहरुबाट नेपालको राजनीतिक र आर्थिक नेतृत्व सम्भव नभएको पनि तर्क गरे ।

प्रचण्ड–नेपाल समुहलाई लक्षित गर्दै मन्त्री भट्टले त्यहाँ रहेका तीन प्रधानमन्त्रीले कहिल्यै नदेखेको लिपुलेक र कालापानी ओलीले मात्र देखेको भन्दै साँचो राष्ट्रवादको सँग रहेको छ यसबाट पनि प्रष्ट हुने तर्क गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ३ : ४० बजे

परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्ने गरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले परिवर्तनको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न सक्ने

यातायात व्यवस्था विभागको सर्भर शनिबार बिहानदेखि मात्रै चल्ने 

काठमाडौं– यातायात व्यवस्था विभागको आंशिक सर्भर शनिबार बिहानबाट मात्रै पुनः

महाकाली प्रादेशिक अस्पताल : विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी- महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको

महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक गर्न मुख्यमन्त्री बानियाँको माग

भक्तपुर– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री