विप्लवसँग छिट्टै वार्ता हुन्छ: प्रधानमन्त्री ओली « Khabarhub

विप्लवसँग छिट्टै वार्ता हुन्छ: प्रधानमन्त्री ओली


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग चाँडै वार्ता गरिने बताएका छन् ।

झापाको कमल गाउँपालिका–७ मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वार्ताका लागि प्रकिया चलिरहेको र केही दिनमा नै यसबारेमा सबैलाई थाहा हुने पनि बताए ।

सरकारले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाएको छ । केही समयअघि विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक भएको बताएको थियो ।

अर्को प्रसङ्गमा बोल्दै उनले नेपाल विकासशील देशको सूचीमा परिसकेको र आफूहरु विकासको यात्रामा अघि बढेको बताए ।

‘विकासको क्रममा हामी अघि बढेका छौं, संयुक्त राष्ट्रसंघीय निकायले नेपाललाई विकासशील देशको सूचीमा राख्न सिफारिस गरि सकेकाले पनि हामी कता जाँदैछौं देखाएको छ, अलिकति समस्या शान्तिसँग जोडिएको विषय छ तर त्यो समस्याको चाँडै समाधान गरिने छ,’ उनले भने ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ४ : ३५ बजे

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो