वैवाहिक जीवनमा समस्या छ ? यी हुन् खुसी रहेन उपाय | Khabarhub Khabarhub

वैवाहिक जीवनमा समस्या छ ? यी हुन् खुसी रहेन उपाय


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विवाहपछि मानिसको जीवन एक अर्थमा भन्ने हो भने पूर्ण रुपमा परिवर्तन हुन्छ ।

सम्बन्धहरु विस्तार हुन्छन् भने नयाँ साथीसँगको जीवनयापनले व्यक्तिको दैनिकी र पारिवारीक अवस्थामा समेत फरक पर्न जान्छ ।

वैवाहिक जीवनमा प्रवेश गरेपछि आफ्नालागि मात्र नभइ परिवार, जीवनसाथी, सन्तानका बारेमा पनि सोच बिचार गरेर अघि बढ्नु जरुरी हुन्छ । त्यसैले जीवनसाथीसँगको सम्बन्धलाई पनि सधै राम्रोसँग लैजानु पुरुष र महिलाको चुनौती हुन जान्छ ।

विवाहका लागि पार्टनरको चयन गर्दा आफूलाई जीवन निर्वाह गर्न सहज, कुरा बुझ्ने, समझदारीमा आउने खालको व्यक्तिको चयन आवश्यक हुन्छ ।

यदी यसरी विवाह भएन भने वा एक–अर्काप्रति जिम्मेवारी र इमान्दारीता भएन भने वैवाहिक जीवनमा समस्या उत्पन्न हुन जान्छन् । त्यसैले आफ्नो जिम्मेवारी निर्वाह गर्ने र अरुको कुरा सुन्ने वानीको विकास गर्न जरुरी छ ।

वैवाहिक जीवन सम्झौताको जीवन हो भन्दा फरक पर्दैन । सानो सानो विवाद र समस्यामा सम्झौता गर्दै अघि बढ्ने हो भने वैवाहिक जीवनमा समस्या उत्पन्न हुँदैन । त्यसका लागि तपाईले केही गर्न जरुरी छ ।

कुरा सुन्ने बानी बसाल्नुहोस्

पारिवारिक सुख चाहनुहुन्छ भने तपाईले आफ्नो पार्टनको कुरा सुन्ने बानीको विकास गर्न जरुरी छ । पतिले पत्नीको र पत्नीले पतिको कुराहरु सुन्ने गर्नाले एकले अर्कालाई स्वीकारेको रुपमा लिने गरिन्छ ।

समस्याहरु भन्ने गर्नुहोस्

पारिवारिक जीवनमा प्रवेश गरेपछि विभिन्न समस्याहरु उत्पन्न हुन जान्छन् । त्यसको समाधान एक्लै गर्न सकिने अवस्था नबन्न सक्छ । त्यसैले तपाईले आफ्नो जीवनसाथीसँग आफ्ना समस्या वा परिवारका समस्याबारे कुरा गर्ने र हल निकाल्ने प्रयास गर्ने गर्नुपर्छ ।

विवादको समाधान

पति पत्नीबीच समस्या वा झगडा पर्नु अस्वभाविक होइन । तर साना साना कुरामा पर्ने विवादहरुमा दुवै पक्षले सम्झौता गर्न जरुरी हुन्छ ।
विवादको समयमा आफू जित्ने वा पार्टनरलाई गल्ती देखाउने तर्फ लाग्नु महाभुल हुन जान्छ । विवाद परिसकेपछि त्यसको समाधान तर्फ जान उपयुक्त हुन्छ । त्यसो गर्न सकियो भने पति पत्नीबीको सम्बन्धमा समस्या उत्पन्न हुँदैन ।

काममा सहयोग

पत्नीले पतिबाट कहिलेकाही भान्सामा सहयोग त कहिले बालबच्चाको हेरचाहमा सहयोगको अपेक्षा गरेको हुन्छन् । त्यस कारण पतिले कहिले काँही पत्नीको लागि खाना बनाउने वा भान्सामा सहयोग गर्ने लगायको बानी विकास गर्नु पर्छ । यदी पत्नीपनि कामबाट फर्किएकी हुन्छिन् भने पतिले भान्सामा सहयोग गर्न सकेको खण्डमा समस्या देखा पर्दैन । पतीलाई परेको अन्य समस्यामा पनि पत्नीले सहयोगीको भूमिका खेल्नु पर्ने हुन्छ ।

आर्थिक समस्या

कहिलेकाही पतिपत्नीमा आर्थिक कारणले समस्या पर्ने देखिएको छ । यदी त्यस्ता समस्या परेको खण्डमा कमाइ र खर्चबारे पति पत्नीले हिसाव गर्ने र खर्चमा मितव्ययीता अपनाउनुपर्छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ४ : ०८ बजे

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ